यी हुन् ‘मदन पुरस्कार-२०७५’ का लागि सिफारिस सात पुस्तकहरू

कान्तिपुर संवाददाता

काठमाडौँ — मदन पुरस्कार गुठीले मदन पुरस्कार-२०७५’ का लागि ७ पुस्तकहरू सिफारिस गरेको छ । मदन पुरस्कार गुठी संस्थानले आफ्नो विधानअनुसार गठित विज्ञ समितिबाट सिफारिस ७ वटा पुस्कतहरुको नाम बुधबार सार्वजनिक गरेको हो ।

गुठीलाई प्राप्त २५७ कृतिबाट ७ श्रेष्ठ सूची तयार पारिएको गुठीका अध्यक्ष कुन्द दिक्षितद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।


प्रकाशित : असार २५, २०७६ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्

पानीमा डुबेर दुई बालकको मृत्यु

रासस

बर्दिया — पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा गुलरिया नगरपालिका-३ सिरकैयाका १० वर्षीय विकास बञ्जरा र सोही ठाउँका ५ वर्षीय अनिल बञ्जरा रहेको प्रहरीले जनाएको छ । 

मंगलबार साँझ ४ बजेतिर घरदेखि एक किलोमिटर टाढा रहेको खन्न बाबा खोलामा साथीसँग पौडी खेल्ने क्रममा दुवै बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । बालक बेपत्ता भएको सूचना प्राप्त भएपछि खैरापुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोली र स्थानीय खोजीकार्यमा जुटेका थिए ।

घटनास्थलबाट ५० मिटर टाढा साँझ ६ बजेतिर दुवै बालक मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक मदनजित महराले बताए ।

प्रकाशित : असार २५, २०७६ १२:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्