कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संगीत–नाट्यका ६ साधकलाई प्रज्ञा

काठमाडौँ — नेपाली संगीत र नाट्य क्षेत्रका ६ जना पाका स्रष्टालाई बुधबार राजधानीमा संगीत तथा नाट्य प्रज्ञा पुरस्कार–२०७५ दिइएको छ ।

संगीत–नाट्यका ६ साधकलाई प्रज्ञा

नाट्य विधातर्फ श्यामदास वैष्णव, संगीततर्फ प्रेमध्वज प्रधान, परम्परागत तथा शास्त्रीय संगीततर्फ जगदेव कामत, रंगमञ्चतर्फ ओममणि शर्मा, नृत्यतर्फ हनी श्रेष्ठ र लोकसंगीततर्फ प्रेमदेव गिरी सम्मानित भएका हुन् ।


राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन, शीतल निवासमा पुरस्कार प्रदान गरिन् । पुरस्कृत व्यक्तित्वहरूलाई ताम्रपत्र र दोसल्लाका साथ जनही एक लाख एक रुपैयाँ प्रदान गरिएको थियो । संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित समारोहमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी विशिष्ट अतिथिका रूपमा थिए ।


प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ ’रायन’, उपकुलपति हरिहर शर्मा, सदस्य सचिव श्यामप्रकाश तमोट, प्राज्ञहरू मेघराज शर्मा ‘मञ्जुल’, निशा शर्मा, धीरेन्द्र प्रेमर्षि, अशोक राई, नमुना शर्मा र हरिदेवी कोइरालाले पुरस्कृतबारे प्रकाश पारेका थिए ।


प्रकाशित : असार २६, २०७६ ०९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?