कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निहारिकाका ‘४३ कथा’

कान्तिपुर संवाददाता

काठमाडौँ — आख्यानकार नीलम कार्की निहारिकाको कथाकृति ‘४३ कथा’ बजारमा आएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा आख्यानकारद्वय ध्रुवचन्द्र गौतम र माया ठकुरीले उनको कथाकृति लोर्कापण गरे ।

निहारिकाका ‘४३ कथा’

उपन्यास ‘योगमाया’ का लागि मदन पुरस्कार जितेकी स्रष्टा कार्कीले नयाँ–पुराना कथाहरू समेटेर कृति निकालेकी हुन् ।

यसअघि प्रकाशित ‘हवन’, ‘कागजमा दस्तखत’ र ‘बेली’ कथा संग्रहका कथासहित केही नयाँ थपेर कृति निकालिएको कार्कीले बताइन् ।


आख्यानकार गौतमले कार्कीको लेखन शैली र विषयको संयोजन लोभलाग्दो रहेको भन्दै प्रशंसा गरे । ‘बेली’ मा समेटिएका कथाहरूमाथि बोल्दै समालोचक ज्ञानु अधिकारीले बालबालिका र किशोरकिशोरीको मनोविज्ञान अभिव्यक्त हुने कथाहरूले सबैलाई आफ्नो पुरानो समयमा फर्काउने दाबी गरिन् ।


कथाकार ध्रुव सापकोटाले कार्कीले कथा लेखनमार्फत ‘पुराना सीमा भत्काएर नवीनता दिने प्रयास गरेको’ बताए । ‘कागजमा दस्तखत’ का कथामाथि भने सावित्री कक्षपतीले चर्चा गरेकी थिइन् ।

प्रकाशित : श्रावण २१, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?