कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

काठमाडौंमा रोल्पा कथा

काठमाडौँ — रोल्पाको चिनारी युद्धको प्रसंगबिना अपुरो रहन्छ । माओवादी सशस्त्र विद्रोहको केन्द्र थियो कुनै समय रोल्पा । युद्धपछि सत्तामा पुगेकाहरूले चाहिँ यो थलोलाई कसरी हेरिरहेका छन् अनि अहिले यहाँको आम मनोविज्ञान कस्तो छ ?

काठमाडौंमा रोल्पा कथा

आइतबार राजधानीको कालिकास्थानस्थित सर्वनाम थियटरमा रोल्पाली कवि दीप दर्पणले कवितामार्फत उधिन्दै गए । हरेक महिनाको पहिलो दिन हुँदै आएको ‘हामी : कवि र कविता’ शृंखलाको ७० औं संस्करणमा यी कविले रोल्पाली पात्र र विषयवस्तुलाई कवितामा प्रस्तुत गरेका हुन् ।

‘मीन चाओ’ शीर्षकको कवितामा उनले कुनै समय कमान्डरको बडीगार्ड बन्नुपर्दा शरीरको आधा भाग गुमाएर बाँचिरहेका पात्रको मनोदशा उतारेका थिए । युद्ध सकेपछि नेताहरूले दिने धोकाधडी र राजनीतिक विचलनलाई उनले यो कवितामार्फत मन छुने ढंगले टिपेका थिए । त्यस्तै ‘मंगले बा’ कवितामा युद्धमा छोरो गुमाएका बुबाले निर्दोषपना र नेताको छलछाम समेटिएको थियो ।

‘देश पुग्नुभन्दा पहिले’, ‘धर्म’, ‘ऊ देश भएर बाँचिरहेको छ,’ ‘माड्साप’, ‘चोकनिरको चिया पसल’ लगायत दस वटा कविता सुनाएका उनले प्रायः देशप्रेम, जीवन दर्शन, सीमान्तकृत पात्र, भूगोल र प्रवृत्तिलाई कवितामा प्रस्तुत गरे । दोस्रो चरणमा कवि बीपी अस्तु प्रस्तुत भएका थिए । उनले पनि कवितामा देशप्रेमसँगै सीमान्त पात्रलाई टिपेका थिए ।

नागरिकता नपाएको मधेसी पात्रको मनोदशा समेटिएको ‘नागरिकता शिविरमा मागुलाल’ कविता मन छुने थियो । उनले ‘हिँडाइ’, ‘बाध्यता’, ‘गल्ती’, ‘जेठको धुपमा मेरो गाउँ’, ‘बिन्दु’, ‘हामी त पीरती लाउँथ्यौं’ लगायतका कविता सुनाए ।

प्रकाशित : भाद्र २, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?