उम्मेदवारलाई नाम फिर्ता लिन चार घण्टा

काठमाडौं — स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता गरेकाहरुले बिहीबार दिउँसो पाँच बजेसम्मलाई नाम फिर्ता दिने समय दिइएको छ । निर्वाचन आयोगले जारी गरेको निर्वाचन कार्यक्रम अनुसार नाम फिर्ता लिनका लागि बिहीबार १.०० देखि ५.०० बजेसम्म समय दिएको थियो ।

उम्मेदवारलाई नाम फिर्ता लिन चार घण्टा

कार्यक्रम अनुसार गत १९ गते उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका थिए । मंगलबार दिउँसो ति नामहरुमा उजुरी दिने समय दिइएको थियो । उक्त उजुरीहरुमा जाँचसमेत जाँच गरेर निर्वाचन कार्यालयहरुले मनोनयन भएका उम्मेदवाहरुको नामावली बिहीबार नै ११.०० बजे प्रकाशन गरेको छ ।
भोली शुक्रबार अन्तिम् नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार नै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

बैशाख ३१ गते बिहान ७.०० बजेदेखि साँझ ५.०० बजेसम्मका लागि मतदान समय तोकिएको छ ।

प्रकाशित : वैशाख २१, २०७४ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?