१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

निर्वाचन टोली मतदान केन्द्र तर्फ लाग्यो

भीमबहादुर सिंह

जाजरकोट — पहिलो चरण अन्तर्गत बैशाख ३१ गते हुने निर्वाचनका लागि कर्मचारी तथा सुरक्षाकर्मीको टोली मतदान स्थल तर्फ हिंडेको छ । कर्मचारीको टोली मतपत्र, मतपेटीका, मतदाता परिचय पत्र लगाएत निर्वाचन सामाग्री सहित दुर्गम गाउँस्थित केन्द्र तर्फ लागेको हो ।

निर्वाचन टोली मतदान केन्द्र तर्फ लाग्यो

पहिलो चरण अन्तर्गत बैशाख ३१ गते हुने निर्वाचनका लागि कर्मचारी तथा सुरक्षाकर्मीको टोली मतदान स्थल तर्फ हिंडेको छ ।

कर्मचारीको टोली मतपत्र, मतपेटीका, मतदाता परिचय पत्र लगाएत निर्वाचन सामाग्री सहित दुर्गम गाउँस्थित केन्द्र तर्फ लागेको हो । सदरमुकामदेखि टाढा रहेका जुनीचाँदे गाउँपालिका, बारेकोट गाउँपालिका र त्रिवेणी नलगाड नगरपालिकाको रग्दा, भगवती लगाएत स्थानमा रहेका मतदान केन्द्रका लागि टोली सोमबार नै त्यस तर्फ लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायव सुब्बा सर्वराज खत्रीले बताए ।

यस्तै, कुशे गाउँपालिका, शिवालय गाउँपालिका र छेडागार नगरपालिकाका लागि खटीएको टोली मंगलबार मतदान केन्द्र तर्फ लागेको खत्रीले बताए ।

दुर्गम क्षेत्र जिल्ला मतदान केन्द्र, सदरमुकामको भेरी नगरपालिका अन्तर्गतका मतदान केन्द्र लगाएत सबै केन्द्रमा बुधबारसम्म निर्वाचन टोली पुग्ने व्यवस्था मिलाइएको उनले बताए । कार्यालयले यहाँका १ सय १३ मतदान केन्द्रका लागि ६ सय कर्मचारी र म्यादीसहित १ हजार सुरक्षाकर्मी खटाएको छ । कार्यालयले निजामती कर्मचारी, शिक्षक, संस्थानका कर्मचारी लगाएतलाई निर्वाचनमा खटाएको उनले बताए ।

प्रकाशित : वैशाख २६, २०७४ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?