दैलेखमा कांग्रेसको शक्ति प्रदर्शन

ज्योति कटुवाल

दैलेख — नारायण नगरपालिकामा नेपाली कांग्रेसले शक्ति प्रदर्शन गरेको छ । कांग्रेसले यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचन अभियानका क्रममा दैलेख सदरमुकाममा शक्ति प्रदर्शन गरेको हो । नारायण नगरपालिकाका ११ वटै वडाबाट बाजागाजा र र्‍यालीसहित नगर परिक्रम गरेको थियो ।

दैलेखमा कांग्रेसको शक्ति प्रदर्शन

सभामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले दैलेखका ११ वटै स्थानीय तहमा कांग्रेसले चुवान जित्ने दाबी गरेका छन् । उनले कांग्रेस पार्टी जनताको लोकप्रिय पार्टी हो र अब दैलेख कांग्रेसको किल्ला हुने बताए । कांग्रेसको तर्फबाट नारायण नगरपालिकामा मेयरका उम्मेदवार रहेका मणिराम रेग्मीले सभालाई सम्बोधन गर्दै नगरवासीले स्थानीय तहको चुनावमा कांग्रेसलाई जिताउन आग्रह गरे ।

यस्तै उपमेयरको उम्मेदवार बासना थापाले आफूसँग थुप्रै योजना भएको बताइन् त्यो पूरा गर्न वैशाख ३१ गते अमूल्य भोट दिएर जिताउन आग्रह समेत् गरिन् ।

प्रकाशित : वैशाख २७, २०७४ ११:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?