कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

निर्वाचन आयोग र दलका शीर्ष नेताबीच छलफल जारी

काठमाडौं — आगामी आइतबार हुने स्थानीय तह पहिलो चरणको निर्वाचनबारे निर्वाचन आयोग र शीर्ष नेताहरुबीच छलफल भइरहेको छ । आयोगले निर्वाचनको समग्र तयारीका बारे जानकारी दिन सबै दलका शीर्ष नेतालाई बोलाएको जनाएको छ ।

निर्वाचन आयोग र दलका शीर्ष नेताबीच छलफल जारी

आगामी आइतबार हुने स्थानीय तह पहिलो चरणको निर्वाचनबारे निर्वाचन आयोग र शीर्ष नेताहरुबीच छलफल भइरहेको छ ।

आयोगले निर्वाचनको समग्र तयारीका बारे जानकारी दिन सबै दलका शीर्ष नेतालाई बोलाएको जनाएको छ । आयोगको कार्यकक्ष कान्तिपथ जमलमा जारी छलफलमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, नेता अग्नि खरेल, पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराई, संघीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी छन् । त्यस्तै आयोगका तर्फबाट प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव लगायतका छन् ।

आयोगका अनुसार निर्वाचनको तयारी, आचारसंहिताको पालना, मतदाता शिक्षा, दलहरुबीचको आपसी सहमति र संवादलगायत विषयमा छलफल केन्द्रित छ । आयोगले निर्वाचन तयारी अन्तिम चरुणमा पुगिसकेको बताएको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश नं ३, ४ र ६ मा यही वैशाख ३१ गते हुँदैछ ।

प्रकाशित : वैशाख २७, २०७४ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?