२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

रुकुममा एमाले–माओवादी कार्यकर्ताबीच झडप, प्रहरीद्वारा ३ राउण्ड हवाइ फायरिङ

हरि गौतम

रुकुम — नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । मुसीकोट नगरपालिका–७, साँखको माथिगाउँमा झडप हुँदा १ जनपद, १ म्यादी प्रहरी र १ जना एमाले कार्यकर्ता घाइते भएका छन् । झडपको क्रममा प्रहरी सहायक निरीक्षक सोमबहादुर बसेल, म्यादी प्रहरी गोपाल बटाला र नेकपा एमालेका कार्यकर्तासरवीर परियार घाइते भएका छन् ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । मुसीकोट नगरपालिका–७, साँखको माथिगाउँमा झडप हुँदा १ जनपद, १ म्यादी प्रहरी र १ जना एमाले कार्यकर्ता घाइते भएका छन् ।

झडपको क्रममा प्रहरी सहायक निरीक्षक सोमबहादुर बसेल, म्यादी प्रहरी गोपाल बटाला र नेकपा एमालेका कार्यकर्तासरवीर परियार घाइते भएका छन् । प्रसनी बसेल र म्यादी बटालाको खुट्टामा चोट लागेको छ भने परियारको टाउकोमा चोट लागेको छ । परियारको रुकुमेली सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

झडपले उग्र रुप लिन थालेपछि प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले झडप थप बढ्न नदिन ३ राउण्ड हवाई फायर गरेको बताए । उनका अनुसार एसएलआर राइफलबाट २ र थ्रि नट थ्री राइफलबाट १ राउण्ड हवाई फयइरिङ भएको हो । मंगलबार पनि सानीभेरी गाउँपालिकामा कांग्रेस–माओवादी कार्यकर्ताबीच झडप हुँदा प्रहरीले २ राउण्ड हवाई फायर गरेको थियो ।

झडपको अवस्था सृजना हुनुमा दुवै पार्टीले एक अर्कालाई दोषी देखाएका छन् । नेकपा एमालेले माओवादी कार्यकर्ताले बाटो रोक्न खोजेपछि झडपको स्थिति आएको बताएको छ भने माओवादीले पनि आÏना कार्यकर्तामाथी एमाले कार्यकर्ताले ढुंगा प्रहार गरेपछि झडप भएको दाबी गरेको छ ।

एमालेको तर्फबाट मुसीकोट ७ नम्वर वडा अध्यक्षका उम्मेदवार थलबहादुर ओलीले पार्टीका नगर प्रमुखका उम्मेदवारलाई सदरमुकाम पुर्‍याएर फर्कंदै गरेको गाडिमा माओवादीले अवरोध गरेको बताए । माओवादी केन्द्रको तर्फबाट सोही वडाका अध्यक्षका उम्मेदवार हिमबहादुर पाण्डेले एमालेको चुनावी कार्यक्रम सकिएपछि नजिकै रहेका आÏना कार्यकर्तामाथी ढुंगा हानेपछि त्यसको प्रतिकार गर्न बाध्य भएको दाबी गरे ।

प्रकाशित : वैशाख २७, २०७४ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?