२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

कांग्रेस सभा नजिक बम विस्फोट

मेयर उम्मेदवारको घरमा सुतली बम

नवलपरासी — कावासोती बजारमा कांग्रेसले आयोजना गरेको चुनावी सभानजिक बम विस्फोट भएको छ । व्यस्त महेन्द्र राजमार्गको छेवैमा भएको विस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

कावासोती नगरपालिका ३ स्थित पुरानो कावासोतीमा कांग्रेसले चुनावी सभा गरिरहँदा सभास्थलनजिक ठूलो आवाजमा बम विस्फोट भएको हो ।

कावासोती बजारमा कांग्रेसले आयोजना गरेको चुनावी सभानजिक बम विस्फोट भएको छ । व्यस्त महेन्द्र राजमार्गको छेवैमा भएको विस्फोटबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

कावासोती नगरपालिका ३ स्थित पुरानो कावासोतीमा कांग्रेसले चुनावी सभा गरिरहँदा सभास्थलनजिक ठूलो आवाजमा बम विस्फोट भएको हो । वडा नं ३ का वडाध्यक्ष पदका उम्मेदवार अमृत श्रेष्ठले बोल्दै गर्दा सभास्थलबाट ५० मिटरको दूरीमा विस्फोट भएको प्रहरीले जनायो । ठूलो आवाजमा बम विस्फोट भएपछि कोणसभामा भेला भएका स्थानीय भागाभाग भएका थिए । आगोको मुस्लोसहित वरपर धुलाम्मे भएको थियो ।

महेन्द्र राजमार्गमा रहेको त्रिनेत्र बाबा पेट्रोल पम्पदेखि एक सय मिटर पूर्वमा रहेको पीपलको चौतारीमुनि बिहीबार साँझ पौने ७ बजे बम विस्फोट भएको हो । ‘कोणसभामा बोल्दाबोल्दै ठूलो आवाजमा विस्फोट भयो । सबै भागाभाग भइयो,’ उम्मेदवार श्रेष्ठले भने, ‘हेर्दाहेर्दै सडक धुलाम्मे भयो र ज्यान जोगाउन भाग्यौं ।’

बम विस्फोटपछि कांग्रेसले सभा स्थगन गरेको थियो । कोणसभामा स्थानीय आउने क्रम जारी थियो । मेयर र उपमेयरका उम्मेदवारले बिहीबार साँझ अन्तिम र्‍यालीसहित चुनावी सभा गर्दै रहँदा विस्फोट गराइएको हो । सभामा कांग्रेसका उम्मेदवार र जिल्ला तहका वक्ताहरू बोल्ने कार्यक्रम थियो ।

विस्फोटको खबर पाउनासाथ सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर घेरा हालेको थियो । इलाका प्रहरी कार्यालयबाट डेढ किलोमिटर पश्चिम महेन्द्र राजमार्गमा विस्फोट भएको हो । विस्फोटको कसैले पनि जिम्मेवारी लिएको छैन । सभास्थल वरपर विस्फोट भएपछि स्थानीय त्रसित भएका छन् । घटनास्थलमा सेना र प्रहरीको टोली पुगेर अनुसन्धान थालेको छ । कोणसभामा सयौं मतदाताहरू सहभागी थिए ।

टिनको पाताजस्ता टुक्रा धेरैतिर छरिएको भेटिएको डीएसपी राजेश थापाले बताए । ‘निर्वाचनको वातावरण तातेको बेलामा त्रसित बनाउने मनसायले विस्फोट गरेको देखिन्छ । खोजतलासका लागि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ,’ उनले भने ।

मेयर उम्मेदवारको घरमा सुतली बम
यस्तै कावासोतीमा मेयर पदका उम्मेदवार महेन्द्र पोखरेलको निजी घरमा बिहीबार साँझ मोटरसाइकलमा आएका दुई जनाले बम राखेर भागेको स्थानीयले जानकारी दिएका छन् । प्रहरीले सुतली बम भएको र निस्तेजका लागि सेनालाई खबर गरिएको जनाएको छ । यसअघि तीन जना मेयर उम्मेदवारका घरबाहिर सकेट बम भेटिएका थिए ।

प्रकाशित : वैशाख २८, २०७४ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?