सल्यानको दार्मा गापामा माओवादी केन्द्र अध्यक्ष र उपाध्यक्षमा विजयी

बिप्लब महर्जन

सल्यान — जिल्लाको नौ स्थानीय तहमा जारी मतगणनाअनुसार दार्मा गाउँपालिकामा माओवादी केन्द्रका नीमबहादुर केसी अध्यक्षमा र टीका शर्मा ओली उपाध्यक्षमा विजयी भएका छन् ।

सल्यानको दार्मा गापामा माओवादी केन्द्र अध्यक्ष र उपाध्यक्षमा विजयी

केसीले प्रतिद्वन्द्वी कांग्रेसका रामचन्द्र केसीलाई ९ सय २३ मतले फरक पार्दै पराजित गरेका हुन् । केसीले ३ हजार ६ सय ९४ मत ल्याएका थिए भने उनका प्रतिद्वन्द्वी केसीले २ हजार ७ सय ७१ मत ल्याएका थिए । उपाध्यक्षमा  लडेकी माओवादी केन्द्रकी ओलीले ३ हजार ६ सय ९५ मत ल्याएकी थिइन् भने प्रतिद्वन्द्वी एमालेका दलबहादुर केसीले २ हजार ६ सय १९ मत ल्याएका थिए । 

बाँकी आठ स्थानीय तहमा मत गणना भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । 

प्रकाशित : जेष्ठ २, २०७४ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?