कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

गल्कोट नगरपालिकामा कांग्रेस भारी मत अन्तरले विजयी

पूर्ण विके

बागलुङ — बागलुङको गल्कोट नगरपालिका प्रमुखमा कांग्रेसका भरत शर्मा गैह्रे प्यानल विजयी भएको छ ।
शर्माले ५ हजार ८ सय १५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी राष्ट्रिय जनमोर्चाका टंकबहादुर केसीले ३६६२ मत ल्याएका थिए ।

बागलुङको गलकोट नगरपालिका प्रमुखमा कांग्रेसका भरत शर्मा गैह्रे प्यानल विजयी भएको छ ।

शर्माले ५ हजार ८ सय १५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी राष्ट्रिय जनमोर्चाका टंकबहादुर केसीले ३६६२ मत ल्याएका थिए । शर्मागैह्रे २१५३ मत अन्तरले विजयी भएका हुन् । उपप्रमुखमा कांग्रेसकी रेणु काउचाले ६ हजार ९९ मत प्राप्त गरी विजयी भईन् । काउचाले एमालेकी रत्ना भण्डारीलाई २ हजार ७ सय ४२ मतले पछि पारेकी थिइन् । भण्डारीले ३ हजार ३ सय ५७ मत प्राप्त गरेकी थिइन् ।

कांग्रेसलाई हराउन राष्ट्रिय जनमोर्चा र एमालेले संयुक्त प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।

त्यसै गरी प्रमुखमा माओवादी केन्द्रका उम्मेदवार फमलाल निउरेले २ हजार ७ सय ४० र उपमेयरकी उम्मेदवार ललिता थापाले २ हजार ८ सय ६० मत प्राप्त गरेकी थिइन् ।

गलकोट नगरपालिका १ मा संयुक्त प्यानलबाट नेत्र बुढाथोकी, २ मा कांग्रेसका हिमबहादुर भण्डारी, ३ मा कांग्रेसका विरजंग भण्डारी, ४ मा कांग्रेसका बलबहादुर खत्री, ५ मा कांग्रेसका नारायणध्वज मल्ल, ६ मा माओवादी केन्द्रका नरबहादुर खत्री र ७ मा कांग्रेसका टिकाबहादुर थापा, ८ मा कांग्रेसका रामप्रसाद कँडेल, ९ मा तेजबहादुर थापा, १० मा तिलक घर्ती र ११ मा संयुक्त प्यानलबाट एमालेका डम्बर श्रीस विजयी भएको निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए ।

उक्त नगरपालिकामा २० हजार १ सय १९ मतदाता मध्ये १३ हजार ४ सय १७ मत अर्थात ६६ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ ३, २०७४ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?