३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अजिरकोट गाउँपालिकामा कांग्रेस बिजयी

सुदीप कैनी

गोरखा — अजिरकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएको छ । अध्यक्षमा कांग्रेसका फणिन्द्र धिताल र उपाध्यक्षमा चन्द्रमाया गुरुङले जितेको निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए ।

अजिरकोट गाउँपालिकामा कांग्रेस बिजयी

धितालले ३०३३ मत प्राप्त गरे । निकटम प्रतिद्धन्द्धी माओवादी केन्द्रका दिपक देवकोटाले २६०२ मत ल्याए । उपप्रमुख गुरुङले ३०३० मत ल्याएर माओवादीकी अनिता भुजेललाई पराजित गरिन् । भुजेलले २६४२ मत ल्याइन् । धिताल कांग्रेसका पुराना नेताका रुपमा परिचित छन् । गुरुङ गैससकर्मी हुदैं कांग्रेस राजनितिमा लागेकी हुन् । ५ वटा वडाहरु रहेको गाउँपालिकाका २, ३ र ४ प्यानल सहित कांग्रेस उमेद्वारले जितेका छन भने १ र ५ माओवादी उमेद्वारले प्यानल सहित जिते । ९ हजार ९ सय ३८ मतदाता रहेको उक्त गाँउपालिकामा ६ हजार ७ सय ५९ मत खसेको थियो । कांग्रेसले यसअघि चुमनुव्री, गण्डकी, सिरानचोक गाउँपालिकाको प्रमुख उपप्रमुखमा बिजय हासिल गरि सकेको छ ।

प्रकाशित : जेष्ठ ३, २०७४ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?