लमजुङको दोर्दी गाउँपालिकामा माओवादी विजयी

आश गुरुङ

लमजुङ — लमजुङको दोर्दी गाउँपालिका प्रमुखमा माओवादी केन्द्रका ओमबहादुर गुरुङ विजयी भएका छन् । उनी एमाले–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका थिए ।

लमजुङको दोर्दी गाउँपालिकामा माओवादी विजयी

उपाध्यक्षमा गठबन्धनका उम्मेदवार एमालेका दिलबहादुर घले निर्वाचित भएका छन् । प्रमुखमा विजयी गुरुङले कांग्रेस उम्मेदवार बिच्छबहादुर घलेलाई २७३ मतले हराए । गुरुङले ३ हजार ६ सय २४ मत पाए । घलेले ३ हजार ३ सय ५१ मत पाएका थिए । उपप्रमुख घलेले कांग्रेस उम्मेदवार निशा तामाङलाई ७७४ को मत अन्तरले हराए । निर्वाचित घलेले ४ हजार ७८ मत पाए । तामाङले ३ हजार ३ सय ४ मत पाएका थिए । प्रमुख पदका राप्रपा उम्मेदवार मेघराज गुरुङले १७७ मत पाए । प्रमुख पदका उम्मेदवार संघीय समाजवादी फोरमका भक्तबहादुर गुरुङले ६७ मत पाएको दोर्दी गाउँपालिकाका निर्वाचन अधिकृत यादवप्रसाद पौडेलले बताए ।

लमजुङको दोर्दी गाउँपालिकाको प्रमुखमा निर्वाचित माओवादी केन्द्रका ओमबहादुर गुरुङ (बायाँ) र उपप्रमुखमा निर्वाचित एमालेका दिलबहादुर घले । तस्बिर : कान्तिपुर

प्रकाशित : जेष्ठ ४, २०७४ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?