रामेछापको दोरम्बामा माओवादी विजयी

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको दोरम्बा गाउँपालिकाको प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार कमानसिं लामा विजयी भएका छन् । उनले ४ हजार २ सय ४१ मत प्राप्त गरेका थिए । लामालाई पछ्याइरहेका एमालेका प्रेम लामाले ३ हजार ७ सय ४५ मत पाएका थिए ।

रामेछापको दोरम्बामा माओवादी विजयी

यसैगरी उपप्रमुखमा माओवादीकै कृशला घिसिङ विजयी भएकी छिन् । घिसिङले ४ हजार ३ सय ८९ मत पाएकी थिइन् । उपप्रमुखका लागि एमालेकी सुभद्रा पाठक कँडेलले ३ हजार ५ सय ९९ मत पाएकी थिइन् ।

साविक लखनपुर घर भएका लामा जनमुक्ति सेनाका कमाण्डर हुन् । उनी सेना समायोजनपछि खुल्ला राजनीतिमा आएका हुन् ।

प्रकाशित : जेष्ठ ४, २०७४ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?