कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कावासोती नगरपालिकामा एमालेकी चन्द्रकुमारी पुन विजयी

नवलपरासी — कावासोती नगरपालिकामा पहिले नै अपेक्षा गरिएझैं एमाले विजयी भएको छ । मेयरको बागडोर सम्हाल्ने जिम्मा एमालेकी ५७ वर्षिय चन्द्र कुमारी पुनको कांधमा परेको छ । उपमेयरमा पनि एमाले कार्यकर्ता एवं पर्यटन व्यवसायि प्रेमशंकर मर्दनिया भारी मतले विजयी भएका छन् । मतगणना शुरुभएदेखि नै मर्दनिया फराकिलो अन्तरले अघि थिए । ६, ७ वटा वडा गणना सक्नासाथ उनले जित्ने अडकल शुरु भैसकेको थियो ।

कावासोती नगरपालिकामा एमालेकी चन्द्रकुमारी पुन विजयी

कावासोती नगरपालिकामा पहिले नै अपेक्षा गरिएझैं एमाले विजयी भएको छ । मेयरको बागडोर सम्हाल्ने जिम्मा एमालेकी ५७ वर्षिय चन्द्र कुमारी पुनको कांधमा परेको छ ।

उपमेयरमा पनि एमाले कार्यकर्ता एवं पर्यटन व्यवसायि प्रेमशंकर मर्दनिया भारी मतले विजयी भएका छन् । मतगणना शुरुभएदेखि नै मर्दनिया फराकिलो अन्तरले अघि थिए । ६, ७ वटा वडा गणना सक्नासाथ उनले जित्ने अडकल शुरु भैसकेको थियो ।

पुनले १२४८५ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिस्पर्धि कांग्रेसका महेन्द्र पोखरेलले ११९७९ मा चित्त बुझाउन परेको छ । उता उपमेयर मर्दनियाले १३२२४ मत ल्याए भने र कांग्रेसकी खगिशरा गुरुंगको १११४० मत आएको छ ।

मतदाताले वडाको जिम्मेवारी पनि कांग्रेस एमालेलाई आधाआधा गरिदिएका छन् । माओवादी केन्द्रको प्रभाव रहेको वडा नम्बर १६ (डण्डा बजार) मा वडा अध्यक्षसहित ५ जना विजयी गराएर आफ्नो थलो सुरक्षित बनाउन सफल भएको छ । अन्यत्र कुनैपनि वडामा माओवादी छिर्न सकेन ।

मेयर, उपमेयरसहित ८ वटा वडा एमालेको जिम्मामा गएको छ ।

कांग्रेसले वडा नम्बर १ , ३ , ६, ७ , ८ , ११, १३ , १४ को जिम्मा पाएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?