कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रामेछाप नगरपालिकामा कांग्रेस विजयी

टीकाप्रसाद भट्ट

काठमाडौं — रामेछाप नगरपालिकामा मेयरमा कांग्रेसका उम्मेदवार नरबहादुर थापा मगरले विजय हासिल गरेका छन् । उनले ४ हजार ४ सय १ मत पाए । उनका प्रतिस्पर्धी एमालेका रोशन पाख्रिनले ४ हजार ३ सय मत पाए ।

रामेछाप नगरपालिकामा कांग्रेस विजयी

यसैगरी, उपमेयरमा कांग्रेसकी श्रृजना खड्का विजयी भएकी छन् । उनले ४ हजार ३ सय ३ मत पाएकी थिइन् । खड्कालाई पछ्याइरहेकी एमालेकी शान्ता सापकोटाले ३ हजार ९ सय ९४ मत पाएकी थिइन् ।

रामेछापका २ नगरपालिका मध्ये मन्थली नगरपालिकामा एमालेका दुवै उम्मेदवार विजयी भएका थिए ।

आठ स्थानीय तह भएको रामेछापमा सुनापति र खाँडादेवी गाउँपालिकाको परिणाम आउन बाँकी रहेको छ । सुनापतिको मतगणना अन्तिम चरणमा पुगेको छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?