कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरको मनहरीमा एमाले र राक्सीराङमा कांग्रेस विजयी

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको मनहरी गाँउपालिकामा एमाले र राक्सीराङ गाँउपालिकामा नेपाली कांग्रेस विजयी भएका छन् । मनहरीको अध्यक्षमा एमालेका एकराज उप्रेतीले ४६ सय ४९ र उपाध्यक्षमा एमालेकी मनिला विष्टले ४६ सय ३१ मत ल्याएर विजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धी नेपाली कांग्रेसका शंकर न्यौपानेले ४३ सय ४० र कमला कार्कीले ४१ सय ९७ मत ल्याएका छन् ।

मकवानपुरको मनहरीमा एमाले र राक्सीराङमा कांग्रेस विजयी

यसैगरी राक्सीराङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार मल्लले ३५ सय ३९ मत र उपाध्यक्षमा कांग्रेसकी निर्मला हिमडुङले ३५ सय ३५ मत ल्याएर विजयी भएका छन् । उनीहरुका प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले २९ सय ४४ र सुन्तली चेपाङले २९ सय ५० मत ल्याएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?