कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बागलुङको जैमिनीमा मेयरमा कांग्रेस, उपमेयरमा एमाले

१० वटा तहमध्ये एमाले र कांग्रेस ४/४, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा १/१
पूर्ण विके

बाग्लुङ — बाग्लुङको जैमिनी नगरपालिकाको मेयरमा कांग्रेसका ईन्द्रराज पौडेल र उपमेयरमा एमालेकी लीला राना विजयी भएका छन् । पौडेलले ५ हजार ३ सय ५६ मत प्राप्त गरका थिए भने उनका प्रत्यासी राष्ट्रिय जनमोर्चाका नरबहादुर पुनले ५ हजार २ सय ५० मत प्राप्त गरे ।

बागलुङको जैमिनीमा मेयरमा कांग्रेस, उपमेयरमा एमाले

१ सय ६ मत अन्तरले पौडेल विजयी भएका हुन् । उपप्रमुखमा विजयी एमालेका लीला रानाले प्रत्यासी कांग्रेसकी कौशिला विकले भन्दा ९२ मत बढी ल्याए । रानाले ४ हजार ७ सय ४७ मत र विकले ४ हजार ६ सय ४८ मत प्राप्त गरेका थिए ।

कांग्रेसको प्यानललाई पराजित गर्न राष्ट्रिय जनमोर्चा र एमालेले संयुक्त प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएको हो । सबै उम्मेदवारबीच उच्च प्रतिस्पर्धा भएकोले मतगणनामा संयमता अपनाउँदा मतगणना नतिजा ढिला हुन पुगेको जैमिनी नगरपालिकाका निर्वाचन अधिकृत विष्णुप्रसाद सुवेदीले बताए । बागलुङका ४ वटा नगरपालिका र ६ वटा गाउँपालिका सबैको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये ४/४ वटामा कांग्रेस र एमाले, १/१ वटा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा विजयी भएको हो ।
 
बागलुङ, ढोरपाटन नगरपालिकासहित काठेखोला र बडीगाड गाउँपालिकामा एमालेको तर्फबाट क्रमश :  जनक पौडेल, देवकुमार नेपाली, अमरबहादुर थापा र मेहरसिं पाइजा विजयी भए । त्यसैगरी गलकोट र जैमिनी नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिकामा कांग्रेसका क्रमश : भरत शर्मा गैहे, ईन्द्रराज पौडेल, जोकलाल बुढा र तारानाथ पौडेल विजयी भए ।

यसैगरी ताराखोला गाउँपालिकामा माओवादी केन्द्रका प्रकाश घर्तीमगर र बरेङ गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा विजयी भए । सबै तहमा मर्यादित तबरले निर्वाचन सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्वासेले बताए । सबै तहका कुल १ लाख ५५ हजार ८ सय २ जना मतदातामध्ये १ लाख ७ हजार ७ सय ३५ मत खसेको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विकासचन्द्र पौडेलले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७४ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?