२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

रामेछापको सुनापतीमा माओवादी केन्द्रको विजय

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको सुनापती गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका उम्मेदवारले विजय प्राप्त गरेका छन् । निर्वाचन अधिकृत चन्द्रकला ओलीका अनुसार प्रमुख पदमा माओवादी केन्द्रका उम्मेदवार धावा लामाले ४ हजार ७ सय ३६ मत प्राप्त गरी विजय हासिल गरेका थिए । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका जितेन्द्र मोक्तानले ३ हजार २ सय ४४ मत प्राप्त गरेका थिए ।

रामेछापको सुनापतीमा माओवादी केन्द्रको विजय

यसैगरी, उपप्रमुखमा माओवादी केन्द्रकै उमेदवार गीता विष्टले ४ हजार ८ सय २२ मत पाएर विजयी भएकी थिइन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी विनिता खड्काले ३ हजार ७ सय ३३ मत पाएकी थिइन् । 

गाउँपालिका प्रमुखमा निर्वाचित लामा माओवादी केन्द्रका जिल्ला इन्चार्ज हुन् । एकीकरण हुनुअघि उनी जनमोर्चाका नेता थिए । सरल स्वभावका लामा जिल्लाका सबैभन्दा पाका जनप्रतिनिधि भएका छन् । 

प्रकाशित : जेष्ठ ५, २०७४ १४:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?