कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुर्खेतको पञ्चपुरी नगरमा कांग्रेस विजयी

प्रकाश अधिकारी

सुर्खेत — पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको प्रमुखमा कांग्रेसका उपेन्द्र थापा विजयी भएका छन् । थापाले ५ हजार १ सय ३४ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी एमालेका मनबहादुर विकले ४ हजार ७ सय ३२ मत प्राप्त गरे ।

सुर्खेतको पञ्चपुरी नगरमा कांग्रेस विजयी

उपप्रमुखमा कांग्रेसकै मुक्ति पुरी विजयी भएकी छिन् । उनले ५ हजार २ सय ४ मत प्राप्त गरिन् भने उनकी प्रतिद्वन्द्वी एमालेकी राजकुमारी तिवारीले ४ हजार ८ २४ मत प्राप्त गरिन् ।

११ वडा रहेको पञ्चपुरीमा ६ वटा वडा कांग्रेस र ५ वडामा एमालेले जितेको छ । नौ स्थानीय तह रहेको सुर्खेतमा कांग्रेसले हालसम्म दुई नगर र दुई गाउँपालिका तथा एमालेले एक नगरपालिका र एक गाउँपालिकामा विजय हासिल गरेको छ । वीरेन्द्रनगर र भेरीगंगा नगरपालिका र चौकुने गाउँपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । चौकुने र भेरीगंगामा एमाले तथा वीरेन्द्रनगरमा कांग्रेसको अग्रता कायमै छ ।

प्रकाशित : जेष्ठ ५, २०७४ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?