नागार्जुन र गोकर्णेश्वर नगरपालिकामा कांग्रेस विजयी

काठमाडौं — नागार्जुन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् ।
बस्नेतले छ हजार ९६१ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराए । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णहरि खत्रीले छ हजार ७२६ मत प्राप्त गरे ।

नागार्जुन र गोकर्णेश्वर नगरपालिकामा कांग्रेस विजयी

नागार्जुन नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् ।

बस्नेतले छ हजार ९६१ मत प्राप्त गरी विजयी भएका निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी गराए । उनका प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्णहरि खत्रीले छ हजार ७२६ मत प्राप्त गरे ।

यसैगरी उपप्रमुखमा एमालेका सुशीला अधिकारीले छ हजार ८७१ मत प्राप्त गरी विजय भइन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका कल्याणी खड्काले छ हजार ७९१ मत प्राप्त गरिन् ।

वडा नं १० को वडाअध्यक्षमा कांग्रेसका सुन्दरबहादुर केसी विजय भए । नागार्जुनमा २६ हजार २४५ मतदाता रहेकामा २० हजार ८९७ मत खसेको थियो ।

यसैगरी गोकर्णेश्वर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेद्वार सन्तोष चालिसे निर्वाचित भएका छन् ।

आज दिउँसो सम्पन्न मतगणनाअनुसार कांग्रेसका चालिसेले नौ हजार नौ मत ल्याई विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी नेकपा (एमाले)का उम्मेद्वार पुण्यप्रसाद चौलागाइँले सात हजार ५९५ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत निर्मला सुवेदीले जानकारी दिए ।

यस्तै उपप्रमुखमा पनि कांग्रेसकै उम्मेद्वार शान्ति नेपाल निर्वाचित भइन् ।

नेपालले आठ हजार ५९८ मत प्राप्त गरी विजयी भएको हुन् भने नेकपा (एमाले)की उम्मेद्वार शान्ति श्रेष्ठले आठ हजार ६२ मत प्राप्त गरेकी सुवेदीले बताए ।

गोकर्णेश्वरमा कुल २१ हजार ८५९ मत खसेको थियो । रासस

प्रकाशित : जेष्ठ ५, २०७४ १६:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?