कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुर्खेतको चौकुनेमा एमाले र भेरीगंगामा कांग्रेस विजयी

प्रकाश अधिकारी

सुर्खेत — पश्चिम सुर्खेतको चौकुने गाउँपालिमा एमाले उम्मेदवार विजयी भएका छन् । अध्यक्षका उम्मेदवार धीरबहादुर शाहीले ३ हजार २ सय ४२ तथा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका खड्कबहादुर विकले २ हजार ७ सय ४५ मत प्राप्त गरे ।

सुर्खेतको चौकुनेमा एमाले र भेरीगंगामा कांग्रेस विजयी

उपाध्यक्षमा एमालेकै निर्मला रानाले ३ हजार ३ सय ५६ मत प्राप्त गरिन् ।

पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन् । नगरप्रमुखमा कांग्रेसका भुपेन्द्रबहादुर चन्दले ७ हजार ५ सय ४३ तथा उनका प्रतिद्वन्द्वी एमालेका यज्ञ ढकालले ७ हजार ३ सय ४८ मत प्राप्त गरे ।

उपप्रमुखमा कांग्रेसकै रेणु आचार्य निर्वाचित भइन् । उनले ७ हजार ५ सय ७५ तथा उनका प्रतिद्वन्द्वी एमालेकी चन्द्रा आचार्यले ७ हजार २ सय ९७ मत प्राप्त गरिन् । १३ वडा रहेको भेरीगंगामा कांग्रेसले ८, एमालेले ४ र माओवादी केन्द्रले एक वडा जितेका छन् ।

९ तह रहेको सुर्खेतमा वीरेन्द्रनगरबाहेक सबै गाउँ/नगरको मत परिणाम घोषणा भइसकेको छ । कांग्रेसले तीन नगर र दुई गाउँपालिका तथा एमालेले एक नगरपालिका र दुई गाउँपालिकामा विजय हासिल गरेका छन् । वीरेन्द्रनगरमा मेयर कांग्रेस तथा उपमेयर एमालेले अग्रता लिएका छन् ।

प्रकाशित : जेष्ठ ५, २०७४ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?