३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

धादिङ नीलकण्ठमा नेपाली कांग्रेस गठवन्धन विजयी

हरिहरसिंह राठौर

धादिङ — नेपाली कांग्रेसका उम्मेदवार भीमप्रसाद ढुंगानाले १३ हजार १ सय ६६ मत प्राप्त गरि निकटतम प्रतिद्वन्द्वी भन्दा दोब्बर मतको अन्तरले विजयी भएका छन् । नेकपा एमालेका अर्जुनकुमार श्रेष्ठ गोर्खालीले ६ हजार ६ सय ९० मत प्राप्त गरेका थिए ।

धादिङ नीलकण्ठमा नेपाली कांग्रेस गठवन्धन विजयी

यसैगरी नेपाली कांग्रेस संगको गठबन्धनमा माओवादी केन्द्रका मनराज भण्डारी शैलेसले १० हजार ३ सय २३ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिद्वन्द्वी एमालेका गंगादेवी श्रेष्ठले ७ हजार ४ सय ४४ मत प्राप्त गरेकी थिइन् । नीलकण्ठको प्रमुख वजार क्षेत्र वडानं ३ मा माओवादी केन्द्रकै निकटतम प्रतिद्वन्द्वी नारायणकुमार श्रेष्ठलाई पराजित गर्दै नेपाली कांग्रेसका होमनाथ रिजाल विजयी भएका छन् । 

योसँगै धादिङ जिल्लाका १३ वटै स्थानीय तहका निर्वाचनको मत परिणाम आइसकेकोछ । जिल्लामा ८ वटा स्थानीय तहमा नेकपा एमाले ८, नेपाली कांग्रेसले नीलकण्ठ नगरपालिका सहित ३ र माओवादी केन्द्र तथा राप्रपाले एक एक वटा गाउँपालिका प्रमुखमा जितेका छन् । जिल्लामा निर्वाचित वडा अध्यक्षहरु मध्ये एमालेका ५६ , नेपाली कांग्रेस २४ , माओवादी केन्द्र २१ र राप्रपाले ३ सीट हासिल गरेका छन् । पुरै ३ नम्बर प्रदेशमा सम्पन्न स्थानीय तहको निर्वाचनमा राप्रपाले गाउँपालिका विजयी भएको धादिङको रुबीभ्याली मात्रै हो । 

यस लगत्तै निर्वाचन अधिकृतहरुले स्थानीय स्तरमा निर्वाचित पदाधिकारीहरु मध्येबाट गाउँ र नगर संचालन समन्वय समितिको निर्वाचन आरम्भ गरि यसैमहिनाको अन्त सम्ममा जिल्ला समन्वय समितिको निर्वाचन भइसक्ने जिल्ला निर्वाचन कार्यालयले जनाएकोछ ।

प्रकाशित : जेष्ठ ६, २०७४ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?