नुवाकोटको पञ्चकन्यामा माओवादी विजयी
नुवाकोट — पञ्चकन्या गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका प्रमुखमा तेजबहादुर तामाङ(रमेश)ले २ हजार ९ सय ६२ मत ल्याई विजयी भएका छन् ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामेश्वर थापाले २ हजार ८ सय ५४ मत ल्याइ पराजित भएका छन् । तामाङले एक सय आठ मतले थापालाई पराजित गरेका हुन् ।
त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसका सिता खड्का पराजुलीले २ हजार ७ सय ९३ मत पाई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी प्रकृति रिजालले २ हजार ५ सय ७८ मत पाइकी थिइन् ।
जिल्लामा माओवादीले अहिलेसम्म पञ्चकन्या र ककनीमा जित हासिल गरेको हो । नुवाकोटमा २ नगर र १० गाउँपालिका छन् । अब बेलकोटगढी नगरपालिकाको मतपरिणाम आउन बाँकी छ ।
प्रकाशित : जेष्ठ ६, २०७४ ०७:२४प्रतिक्रिया