कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

खाँदबारीको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता

दीपेन्द्र शाक्य

संखुवासभा — खाँदबारी नगरपालिकाका लागि जीवनाथ खनालले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका छन् । बिहान ८ बजे समर्थक र प्रस्तावकलाई लिएर मुख्य निर्वाचन कार्यालय पुगेका खनालले १ नम्बरमा उम्मेद्वारी दर्ता गराएका हुन् ।

खाँदबारीको मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता

५८ वर्षीय खनालले सञ्चय कोषबाट अवकाश भएपछि खाँदबारी नगरको मेयर पदमा उम्मेदवारी दिएका हुन् । भ्रष्टाचाररहीत समाज निर्माणका लागि उम्मेदवारी दिएको उनले प्रतिक्रिया दिए । सञ्चय कोषसँगै तीन दशकदेखि सञ्चार माध्यममा क्रियाशील उनले स्थानीय तहमा दलीय राजनीतिले सेवा प्रवाह दूषित बनाएको आरोप लगाए । त्यसैले स्वतन्त्रबाट चुनावमा होमिएको खनालले बताए ।

प्रकाशित : असार ४, २०७४ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?