प्रदेश १ र ५ का उम्मेदवार

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आइतबार सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टीको विरोधका कारण उम्मेदवारी दर्तामा प्रभाव पर्ने आशंका गरिए पनि कुनै स्थानमा रोकिएन । प्रदेश १ का उम्मेदवारको नामावली यस्तो छ ।

स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आइतबार सबै स्थानमा उत्साहजनक रूपमा उम्मेदवारी दर्ता भएको छ । आन्दोलनरत राष्ट्रिय जनता पार्टीको विरोधका कारण उम्मेदवारी दर्तामा प्रभाव पर्ने आशंका गरिए पनि कुनै स्थानमा रोकिएन ।

प्रदेश १ का उम्मेदवारको नामावली यस्तो छ ।

प्रदेश १ का उम्मेदवार

प्रकाशित : असार ५, २०७४ १०:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

कंगोमा दुई नेपाली सैनिक घाइते

कान्तिपुर संवाददाता

काठमाडौं — मध्य अफ्रिकी मुलुक कंगोमा विद्रोहीसँगको झडपमा २ नेपाली शान्ति सैनिक घाइते भएका छन् । अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत ‘मोनुस्को’ मिसनमा कार्यरत शमशेरदल २३ औं डफ्फाको गस्तीमाथि विद्रोही समूह माई–माईले आक्रमण गर्दा प्रतिकारका क्रममा उनीहरू घाइते भएका हुन् ।

मध्य अफ्रिकी मुलुक कंगोमा विद्रोहीसँगको झडपमा २ नेपाली शान्ति सैनिक घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत ‘मोनुस्को’ मिसनमा कार्यरत शमशेरदल २३ औं डफ्फाको गस्तीमाथि विद्रोही समूह माई–माईले आक्रमण गर्दा प्रतिकारका क्रममा उनीहरू घाइते भएका हुन् ।

घाइते सैनिकको अवस्था सामान्य रहेको र उनीहरूका परिवारलाई स्वास्थ्य अवस्थाबारे जानकारी गराइसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । झडपमा नेपाली शान्ति सैनिकले प्रहार गरेको गोली लागी ५ विद्रोहीको मृत्यु भएको छ ।

उक्त घटनामा विद्रोहीबाट बरामद भएका एके–४७ राइफल २ र त्यसको एम्युनिसन ५० राउन्ड कंगोको राष्ट्रिय सेनालाई बुझाइएको छ । गण रहेको स्थान बेनीबाट करिब २२ किमि टाढा कवास भन्ने स्थानमा उक्त झडप भएको र घाइते नेपाली सैनिकहरूको गोमास्थित यूएनको लेबल ३ अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जनाएको छ । अहिले उक्त स्थानको स्थिति नियन्त्रणमा रहेको बताइएको छ ।

प्रकाशित : असार ५, २०७४ १०:०१
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT