वडा सदस्य उम्मेदवार मृत्यु

खगेन्द्र अवस्थी

बैतडी — डिलासैनी गााउँपालिका–७ मा वडा सदस्यका उम्मेदवारको आइतबार राति मृत्यु भएको छ । डिलासैनी–७, डिलासैनीका ७० वर्षीय गोविन्दसिंह कार्कीको राति घरमै सुतेकै अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । कार्कीले राप्रपाबाट डिलासैनी गााउपालिका–७ मा वडा सदस्यमा मनोनयन दर्ता गराएका थिए ।

डिलासैनी गााउँपालिका–७ मा वडा सदस्यका उम्मेदवारको आइतबार राति मृत्यु भएको छ ।

डिलासैनी–७, डिलासैनीका ७० वर्षीय गोविन्दसिंह कार्कीको राति घरमै सुतेकै अवस्थामा मृत्यु भएको प्रहरीले जनाएको छ । कार्कीले राप्रपाबाट डिलासैनी गााउपालिका–७ मा वडा सदस्यमा मनोनयन दर्ता गराएका थिए ।

प्रकाशित : असार ५, २०७४ १२:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

बझाङको काँडा ५ मा एमालेको प्यानल निर्विरोध

बसन्तप्रताप सिंह

बझाङ — जिल्लाको उतरी क्षेत्रमा पर्ने काँडा गाउँपालिकाको वडा नं ५ मा नेकपा एमालेका वडा अध्यक्ष सहित सम्पूर्ण प्यानल निर्विरोध निर्वाचित भएको छ । कुनै पनि पदमा अन्य दलका उम्मेदवारको मनोनयन नपरेपछि एमाले प्यानल निर्विरोध भएको हो ।


 
निर्विरोध निर्वाचित हुनेमा वडाअध्यक्ष धनजय बोहरा, महिला सदस्य अम्मरा बोहरा, पुरुष सदस्यहरुमा डबल बोहरा र कलु बोहरा रहेका छन् । यस वडामा दलितको बसोबास नभएका कारण दलित सदस्य पदमा कसैको उम्मेदवारी परेको थिएन । 

यस्तै काँडा गाउँपालिकाको वडा नं ४ मा नेपाली कांग्रेसको तर्फबाट दलित महिला सदस्य पदकी उम्मेदवार अमृता विक पनि निर्वारोध निर्वाचित भएकी छन् । उनको पदमा पनि कसैको उम्मेदवारी नपरेका कारण निर्विरोध निर्वाचित गरिएको काँडा गाउँपालिकाका निर्वाचन अधिकृत वीरेन्द्र केसीले जानकारी दिएका छन् । 

निर्विरोध निर्वाचित भएकाहरुलाई स्थानियले मतदान अधिकृतको कार्यालय रहेको ठाउँ काँडाबाट बाजागाजा सहित काँधमा चढाएर लगेको स्थानीय गोरखबहादुर बोहराले जानकारी दिए । न्युना र बलौडी गरी दुइवटा गाउँ रहेको यो वडा गाउँपालिकाको केन्द्रबाट ८ घण्टाको पैदल दुरीमा छ । 

आफ्नो वडामा रहेका विभिन्न खोला र नदीहरुमा झोलुगे पुल निर्माण गर्नु र गोरेटो बाटोलाई चौडा बनाउने काम गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको निर्वाचित वडा अध्यक्ष धनजय बोहराले बताए । उनले वडावासीको सल्लाह र सुझावमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्  । 

प्रकाशित : असार ५, २०७४ १२:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT