२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७
स्थानीय निर्वाचन २०७४

Local-elections-2017

नाच्दै भोट माग्दै

सधैं भाषण गरेका मात्र भेटिने सांसद भरतबहादुर खडकालाई बुधबार भने शिखर नगरपालिकावासीले छमछमी नाचेको देख्न पाए । महिला, वृद्धवृद्धा सांसद नाचेको देखेर दंग परेका छन् । सांसद खडालाई साथ दिन अर्की सांसद कल्पना सोपले पनि कम्मर मर्काइन् । महिला सांसद नाचेको देखेर महिला पनि तालमा ताल मिलाउँदै उफ्रिए ।

नाच्दै भोट माग्दै

तिलोत्तमावासीको माग - ‘सरकारी मेडिकल कलेज’

मौसमी रूघाखोकी र ज्वरोले थलिएकी तिलोत्तमा २ शंकरनगरकी कमला थापा गत मंगलबार बिहान छिमेकीसहित उपचारका लागि बुटवल जाने तरखरमा थिइन् । त्यसैबेला मेयर पदका उम्मेदवार वासुदेव घिमिरे र उपमेयरकी जागेश्वरी चौधरीसहितको टोली भोट माग्दै घरमा आइपुग्यो ।

चुनाव प्रचारमा नेताको लर्को

एमाले अध्यक्ष केपी ओली बुधबार जिल्लाका पाँच स्थानको चुनावी सभामा सहभागी भए । झापा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गरेपछि अर्जुनधारा पुगे । त्यसपछि बिर्तामोडको सभामा सहभागी भएर सीमावर्ती सहर काँकडभिट्टा आई मेचीनगरको सभालाई सम्बोधन गरे ।

चेपाङद्वारा स्थानीय तहबारे तालिम माग

स्थानीय तह चुनावमा विभिन्न नगर र गाउँपालिकाका वडामा चेपाङ समुदायबाट चुनिएका प्रतिनिधिले तालिमको माग गरेका छन् । ‘आफूले के–के अधिकार पाउने हो त्यो थाहा छैन,’ चेपाङ अगुवा एवं पूर्वसांसद गोविन्दराम चेपाङले भने, ‘निर्वाचित जनप्रतिनिधिलाई के सिफारिस गर्ने/नगर्ने बारे थाहा छैन ।’

सभासदमा भिडेका नेता वडाध्यक्ष उम्मेदवार

साबिक माबु गाविसका ढालबहादुर गुरुङले २०५४ को स्थानीय निकायको चुनावमा स्वतन्त्रबाट गाविस अध्यक्ष जितेका थिए । अहिले सन्दकपुर गाउँपालिका–४ को वडाध्यक्षका प्रत्याशी छन् ।

चुनाव जित्न रस्साकसी

भीमदत्त नगरपालिकाको चुनाव जित्न प्रमुख दलहरूका बीचमा रस्साकस्सी जारी छ । परिणाम पक्षमा पार्न प्रमुख दलका नेताहरू यस क्षेत्रमा सक्रिय छन् । एमाले पार्टी उपाध्यक्ष भीम रावलले यतै ‘डेरा जमाएका’ छन् । कांग्रेस नेता रमेश लेखक र एनपी साउद जिल्ला पुगेर चुनावी कार्यक्रमलाई सम्बोधन गर्न थालेका छन् ।

धनगढीमा जातीय मत हाबी

प्रमुख दलहरूले प्रदेश नम्बर ७ को राजनीतिक तथा आर्थिक केन्द्रका रूपमा विकसित भइरहेको धनगढी उपमहानगरको चुनावलाई आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । विगतका चुनावमा कांग्रेस र एमालेका बीचमा तीव्र प्रतिस्पर्धा हुने गरेको भए पनि अहिले यी दुई दलसँगै माओवादी केन्द्र र स्वतन्त्र उम्मेदवारका बीचमा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

धनगढीमा जातीय मत हाबी

कांग्रेस–एमाले तालमेल

दोस्रो चरणमा हुने स्थानीय तह चुनावका लागि सत्ता र प्रतिपक्षी दलबीच तालमेल भएको छ । सिस्ने गाउँपालिकामा कांग्रेस र एमालेले तामलमेल गरी प्रचार थालेका छन् ।

चुनावमा मारवाडी युवा

पेसागत संगठनको आन्तरिक निर्वाचनमा मात्र सक्रिय हुँदै आएको यहाँको मारवाडी समुदाय पछिल्लो समय दलीय राजनीतिमा पनि सक्रिय हुन थालेको छ । अधिकांश अगुवा उद्योगी व्यवसायी कुनै न कुनै राजनीतिक दलसँग आबद्ध छन् ।

मैदानमा द्वन्द्वपीडित अगुवा

बाँके खजुरा गाउँपालिकामा एमालेबाट उपाध्यक्ष उम्मेदवार एकमाया विकलाई चुनावी प्रचारप्रसारले अचेल भ्याइनभ्याइ छ । बिहान सबेरैदेखि साँझ अबेरसम्म उनी घरदैलो गर्छिन् । हरेक दिन दुई/तीन कोणसभालाई सम्बोधन गर्छिन् । गाउँघरमा उनको भाषणको प्रशंसा हुन थालेको छ ।

प्रमुख पदमा महिलालाई मौका

एमालेकी जिल्ला कमिटी सचिवालय सदस्य आशा स्वर्णकारले असार १४ मा हुने स्थानीय तह चुनावमा भूमे गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिएकी छन् । उक्त गाउँपालिका अध्यक्षमा उनले ४ पुरुषसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

भोट माग्दै खेतमा

प्रदेश नम्बर ५ अन्तर्गत नवलपरासीको परासी क्षेत्रका स्थानीय तहका उम्मेदवारलाई घरदैलो भ्याइनभ्याई छ । प्रचार–प्रसारका लागि समय कम भएकाले नगर तथा गाउँपालिकाका सबै वडामा प्रमुख पदका उम्मेदवारलाई पुग्न हम्मे पर्ने देखिन्छ । सबैको दैलोमा नपुगे मतदाता रुष्ट हुने चिन्ता यहाँ देखिन्छ । मतदाता रिझाउनकै लागि मध्यदिनको चर्को गर्मीमा समेत घरदैलो कार्यक्रममा नेता/कार्यकर्ता व्यस्त देखिन्छन् ।

भोट माग्दै खेतमा

एउटै पदमा बाबु–छोरा

सुरुमा एउटै पदमा बाबु–छोराले फरक–फरक पार्टीलाई भोट माग्दै हिँड्दा धेरैले पत्याएनन् । वास्तविकता त्यस्तै भयो । अन्तिम नामावलीमा प्यूठान नगरपालिका–९ को वडाध्यक्षमा कांग्रेसबाट ६४ वर्षीय भरतबहादुर केसी र राप्रपाबाट ४१ वर्षीय बाचुन केसीले उम्मेदवारी दिए । छुट्टाछुट्टै निर्वाचन चिह्नमा एकाघरका बाबु–छोरा भोट माग्दा धेरैजना दंग छन् ।

मर्चवारमा ‘उत्सव’

गाडीको हुटमा बाजागाजा राखेर कलाकारले भोजपुरी गीत गाउँदै घरघर आइपुगे भने ठान्नुहोस्, मर्चवारमा चुनाव आयो । त्यो पनि चारैतिर फर्काइएका माइकले गावैं गुन्जिने गरी । अनि, झन्डैझन्डाले सजिएका सवारी साधनहरूको ताँती लगाएर ।

मर्चवारमा ‘उत्सव’

३८ जना निर्विरोध

दोस्रो चरणको स्थानीय निर्वाचनमा ३८ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार एक वडाध्यक्ष र बाँकी वडा सदस्य पदमा निर्विरोध भएका हुन् । प्रदेश नम्बर १ मा १२, प्रदेश नम्बर ५ मा १२ र प्रदेश नम्बर ७ मा १४ जना निर्विरोध भएका हुन् ।

वडा अध्यक्षमा भिड्दै बाबु–छोरा

सुरुमा एउटै पदमा बाबु-छोराले फरकफरक पार्टीलाई भोट माग्दै हिँड्दा धेरैले पत्याएनन् । वास्तविकता त्यस्तै भयो अन्तिम नामावलीमा प्यूठान नगरपालिका-९ को वडाध्यक्षमा कांग्रेसबाट ६४ वर्षीय भरतबहादुर केसी र राप्रपाबाट ४१ वर्षीय बाचुन केसीले उम्मेदवारी दिए । छुट्टा छुट्टै निर्वाचन चिह्नमा एकाघरका बाबुछोरी भोट माग्दा धेरै जना दंग छन् ।

वडा अध्यक्षमा भिड्दै बाबु–छोरा

थबाङमा ३६ वर्षपछि पहिलोपटक बहुदलीय प्रतिस्पर्धा

देशभर स्थानीय निर्वाचन बहिष्कारमा उत्रिएको नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो ‘आधार इलाका’ थबाङलाई पनि निर्वाचनविरुद्ध होम्न ठूलै प्रयास गर्‍यो । तर, स्थानीयले गाउँको नेता आफैं चुन्न सक्ने गरी दुई दशकपछि आएको अवसर खेर फाल्न चाहेनन् ।

थबाङमा ३६ वर्षपछि पहिलोपटक बहुदलीय प्रतिस्पर्धा