३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

३८ जना निर्विरोध

काठमाडौं — दोस्रो चरणको स्थानीय निर्वाचनमा ३८ जना निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार एक वडाध्यक्ष र बाँकी वडा सदस्य पदमा निर्विरोध भएका हुन् । प्रदेश नम्बर १ मा १२, प्रदेश नम्बर ५ मा १२ र प्रदेश नम्बर ७ मा १४ जना निर्विरोध भएका हुन् ।

बझाङको काँडा गाउँपालिकाको वडा नम्बर ५ मा वडाध्यक्षबाहेक अन्य निर्विरोध वडा सदस्य पदमा भएका हुन् । सदस्य, महिला र दलित महिला सदस्य पदमा निर्विरोध देखिएको छ । दोस्रो चरणमा ३ सय ३४ स्थानीय तहमा असार १४ गते हुन गइरहेको निर्वाचनले १५ हजार ३८ जनप्रतिनिधि चुनिँदै छन् । 

प्रकाशित : असार ९, २०७४ ०७:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?