कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

कांग्रेस–एमाले तालमेल

रुकुम — दोस्रो चरणमा हुने स्थानीय तह चुनावका लागि सत्ता र प्रतिपक्षी दलबीच तालमेल भएको छ । सिस्ने गाउँपालिकामा कांग्रेस र एमालेले तामलमेल गरी प्रचार थालेका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका ६ नम्बर प्रदेश कमिटी सदस्य नन्दलाल शर्माको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा कांग्रेसका महाधिवेशन प्रतिनिधि लक्षिराम घर्तीको । पूरै प्यानलसहित आ–आफ्नो पार्टीबाट उम्मेदवारी दिएका दुई दलका अध्यक्ष र उपाध्यक्षका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर तालमेल गरेका हुन् ।

कांग्रेसका तर्फबाट अध्यक्षमा उम्मेदवारी दिएकी सरिता बीसीले उम्मेदवारी फिर्ता लिएर एमालेका उम्मेदवार नन्दलाल शर्मालाई समर्थन गरेकी छन् भने एमालेबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी नुमेन्द्रा खड्काले उम्मेदवारी फिर्ता लिएर कांग्रेसका लक्षिरामलाई समर्थन गरेकी छन् । 

उक्त गाउँपालिकाका ६ वटा वडामा पनि कांग्रेस–एमालेले तालमेल गरेका छन् । ८ वडा रहेको उक्त गाउँपालिकाको ४ र ७ बाहेक अन्य वडामा तालमेल गरिएको छ । १ र ५ नम्बर वडामा कांग्रेसलाई एमालेले सघाउने तथा २, ३, ६ र ८ वडामा कांग्रेसले एमालेलाई सघाउने गरी तालमेल भएको सिस्ने गाउँपालिका अध्यक्षका उम्मेदवार नन्दलाल शर्माले बताए ।

 

प्रकाशित : असार ९, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?