कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सभासदमा भिडेका नेता वडाध्यक्ष उम्मेदवार

इलाम — साबिक माबु गाविसका ढालबहादुर गुरुङले २०५४ को स्थानीय निकायको चुनावमा स्वतन्त्रबाट गाविस अध्यक्ष जितेका थिए । अहिले सन्दकपुर गाउँपालिका–४ को वडाध्यक्षका प्रत्याशी छन् ।

उनी त्यतिबेला मंगोल नेसनल अर्गनाइजेसनमा आबद्ध थिए । दल दर्ता नभएकाले स्वतन्त्रबाट चुनाव लडे । दोस्रो संविधानसभा चुनावमा पनि संघीय समाजवादीका तर्फबाट क्षेत्र नं. ३ को उम्मेदवार बने । स्थानीयस्तरमा बसेरै गाउँको मुहार फेर्न सकिने भएकाले उम्मेदवार बनेको उनले बताए ।

पहिलो संविधानसभा चुनावमा माओवादी केन्द्रबाट क्षेत्र नं. ३ मै उम्मेदवार बनेकी थिइन्, सोममाया राई । अहिले उनी सोही पार्टीबाट इलाम नगरपालिका–१२ मा उम्मेदवार बनेकी छन् । जिल्ला संयोजकसमेत रहेकी राई द्वन्द्वकालको सुरुदेखि भूमिगत रूपमा पार्टीमा क्रियाशील थिइन् । संविधानसभा चुनावमा उनले ९ हजार ८ सय मत ल्याएकी थिइन् । राई अहिले वडामा उम्मेदवार बन्दा अप्ठयारो नलागेको बताउँछिन् ।

२ वटा संविधानसभा र २ स्थानीय निकायको चुनावमा प्रतिस्पर्धा गरेका साबिक माइपोखरी गाविसका गणेश राई वडाध्यक्ष पदका उम्मेदवार बनेर घरदैलोमा व्यस्त छन् ।

पहिलो संविधानसभामा इलाम–२ र दोस्रोमा क्षेत्र नं. १ बाट सभासदको उम्मेदवार बने । उनी अहिले सन्दकपुर गाउँपालिका–१ बाट वडाध्यक्षमा भिड्दै छन् ।

अघिल्लो संविधानसभामा क्षेत्र नं. २ बाट उम्मेदवार बनेका साबिक एकतप्पा गाविसका दिलबहादुर लिम्बू फाकफोकथुम गाउँपालिका–७ बाट संघीय समाजवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार छन् ।

प्रकाशित : असार ९, २०७४ ०८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?