१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

बर्दियामा पनि मतदान जारी, बामदेवद्वारा मतदान

कमल पन्थी

गुलरिया — स्थानीय निकाय अन्तर्गत दोस्रो चरणको मतदान बुधबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रुपमा सुरु भएको छ । एमालेका उपाध्यक्ष बामदेव गौतमले बर्दियाको बाँसगढी नगरपालिका अन्तर्गत त्रिभुवन माध्यमिक विद्यालय ककौरा मतदानस्थलमा बिहान ७ बजे मतदान गरेका छन् ।

बर्दियामा पनि मतदान जारी, बामदेवद्वारा मतदान

यसैगरी सदरमुकाम गुलरिया वडा नम्बर ६ स्थित महिला मैत्रीय मतदान केन्द्रमा ९० वर्षीय कृष्णप्रसाद गौतमले मतदान गरेका छन् । प्रचण्ड गर्मीका कारण बिहानै स्थानीय मतदाता उत्साहपूर्वक लाईन लागेर मतदान गरिरहेका छन् । 

जिल्लामा ३ सय १५ केन्द्र र १ सय ५३ मतदानस्थल छन् । २ लाख ५३ हजार १ सय ८५ मतदाता रहेको बर्दियामा पुरुषको तुलनामा महिला मतादाता बढी छन् । १ लाख २४ हजार ९ सय ६२ पुरुष, १ लाख २८ हजार २ सय १८ महिला र ५ तेस्रोलिङ्गी छन् ।

सुरक्षा व्यवस्था कडा
यसैबीच मतदानलाई मध्यनजर राख्दै सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीले सुरक्षा दिइरहेकाछन् । सादा पोशाकका प्रहरी समेत परिचालन गरिएको छ । 

शंकास्पद वस्तु फेला
जिल्लाको मधुवन गुलरिया सडक खण्डमा शंकास्पद वस्तु फेला परेको छ । प्लास्टिक झोलामा बेरिएर राखिएको वस्तु सेनाले निस्क्रिय पारेको प्रहरी उपरिक्षक भरतबहादुर बोहोराले जनाएकाछन् ।

प्रकाशित : असार १४, २०७४ ०९:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?