कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भूमिकास्थान नगरमा कांग्रेस–माओवादी गठबन्धन विजयी

वीरेन्द्र केसी

अर्घाखाँची — भूमिकास्थान नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवार विजयी भएका छन् । माओवादीका उम्मेदवार रेशम थापाले निकटम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका कविराम खनाललाई ७ सय ३८ मतले हराए ।

भूमिकास्थान नगरमा कांग्रेस–माओवादी गठबन्धन विजयी

थापाले ५ हजार ३ सय २० मत ल्याए भने खनालले ४ हजार ५ सय ८२ मत ल्याए ।

उपमेयरमा कांग्रेसका खडानन्द बेल्वासे विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी सुनिता बेल्वासेलाई ५ सय २९ मत अन्तरले हराए । खडानन्दले ५ हजार २ सय ३० मत ल्याए भने सुनिताले ४ हजार ७ सय १ मत ल्याइन् ।

एमालेबाट मेयरका उम्मेदवार पिताम्बर भुसाल तेस्रो भए । उनले ४ हजार २ सय ५० मत ल्याए । ०५४ मा उनी एमालेबाट अर्घाखाँची जिविस सभापतिमा निर्वाचित भएका थिए । दोस्रो संविधानसभा निर्वाचनमा भुसाल सांसदमा सिफारिसमा परेका थिए ।

नगरको १० वडा मध्ये ४ वडाध्यक्ष राष्ट्रिय जनमोर्चा, माओवादीले १ र कांग्रेसले १ वडाध्यक्ष जितेको छ ।

प्रकाशित : असार १८, २०७४ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?