१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

मनोज पौडेल

कपिलवस्तु — कपिलवस्तुको मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरमले प्रमुख र उपप्रमुखमा विजय प्राप्त गरेको छ । प्रमुखमा बजरंगीप्रसाद कुर्मीले ४ हजार ७ सय ११ मत प्राप्त गरि विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी काग्रेसका वलिउद्दीन मुसलमानले ३ हजार ३सय ५२ मत प्राप्त गरेका थिए ।

मायादेवी गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

 

गाउँपालिका उपप्रमुखमा गीता तिवारीले ४ हजार १ सय ३३ मत प्राप्त गरि विजयी भएकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सावित्रीदेवी यादबले २ हजार ८ सय ४१ मत प्राप्त गरेकी थिईन् । यो जिल्लाको तेस्रो स्थानीय तहको नतिजा हो । यहाँ ६ नगरपालिका र १ गाउँपालिकाको नतिजा आउन बाँकी छ । जिल्लामा ६ नगरपालिका र ४ गाउँपालिका छन् । 

 

प्रकाशित : असार १८, २०७४ १७:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?