पथरी शनिश्चरेमा एमाले

विराटनगर — मोरङको पथरी शनिश्चरे नगरपालिकामा एमालेका दिलिपकुमार राई निर्वाचित भएका छन् । कांग्रेसका गणेश खड्कालाई १८६३ मतले हराउँदै राई निर्वाचित भएका हुन् । राईले ९०८७ र खड्काले ७२२४ मत पाए । तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जहरमान लिम्बूले ६७८७ मत पाए ।

पथरी शनिश्चरेमा एमाले

उपमेयरमा पनि एमालेकै यमुना विष्ट निर्वाचित भएकी छन् । उनले ९९२६ मत पाउँदा कांग्रेसकी प्रेमला राईले ७३४४ मत पाइन् भने माओवादी केन्द्रकी शंखमाया गौतमले ५३१८ मत ल्याइन् ।

प्रकाशित : असार २१, २०७४ १९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?