कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

जिसस बैतडीमा कांग्रेस–माओवादी तालमेल, संयोजकमा कांग्रेसका बागी

खगेन्द्र अवस्थी

बैतडी — आइतबार हुने जिल्ला समन्वय समिति निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । एमालेसित मिलेर कांग्रेसकै अर्का बागी उठेका छन् । गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिद्धराज भट्ट र उपप्रमुखमा माओवादी केन्द्रका धनबहादुर बोहराको उमेद्वारी दर्ता भएको छ । स्वतन्त्रबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको छ ।

जिसस बैतडीमा कांग्रेस–माओवादी तालमेल, संयोजकमा कांग्रेसका बागी

आइतबार हुने जिल्ला समन्वय समिति निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेका छन् । एमालेसित मिलेर कांग्रेसकै अर्का बागी उठेका छन् ।

गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिद्धराज भट्ट र उपप्रमुखमा माओवादी केन्द्रका धनबहादुर बोहराको उमेद्वारी दर्ता भएको छ । स्वतन्त्रबाट गजेन्द्रबहादुर चन्दको मनोनयन दर्ता भएको छ । चन्द कांग्रेसबाट सुर्नया गाउँपालिका १ मा सदस्य निर्वाचित भएका हुन् । एमालेले उपप्रमुखमा लक्ष्मणदत्त भट्टको उम्मेद्वारी दर्ता गराएको छ ।

९ सदस्यीय समितिमा कांग्रेस र माओवादीको सोमबार बसेको बैठकले प्रमुखसहित ७ सदस्य र उपप्रमुखसहित एक महिला सदस्य माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । कांगेसका १०, एमालेका ८ र माओवादी केन्द्रका २ मत छन् । मंगलबार उमेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार शाहले बताए ।

कांग्रेसले जिल्लामा उमेदवार चयन गर्न नसकेपछि छनोटका लागि केन्द्रमा पठाएको थियो । केन्द्रबाट भट्टको नाम सिफारिस भएपछि चन्द बागी उठेका हुन् ।

प्रकाशित : श्रावण २४, २०७४ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?