कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

जिल्ला समन्वय समिति काभ्रेमा एमालेको पुरै टिम

नगेन्द्र अधिकारी

काभ्रे — जिल्ला समन्वय समिति काभ्रेका सबै पदमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । संयोजकमा उद्धव केसी र उपसंयोजकमा मञ्जुु गौतम निर्वाचित भए । सदस्यमा एमालेकै कृष्णबहादुर तामाङ, प्रेम कुमार लामा दोङ र सन्तनु केसी, महिला सदस्यमा गिता सुनार, राजकुमारी श्रेष्ठ र सुभवती शिवभक्ति र दलित वा अल्पसंख्यकबाट विकास मंग्राती विजयी भए ।

जिल्ला समन्वय समिति काभ्रेमा एमालेको पुरै टिम



नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को गठबन्धनको तर्फबाट संयोजकमा नेपाली कांग्रेसका शंखबुद्ध लामा र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र)का तेजमाया गौतम चौलागाईको उम्मेदवारी परेको थियो । गठबन्धनका सबै उम्मेदवारले १२ मत प्राप्त गरेका गरेका थिए ।

१३ स्थानीय तहका २६ प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्ष मतदाता रहेको निर्वाचनमा एमाले मात्रैको १४ भोट थियो । कांग्रेस र नेकपा (माओवादी केन्द्र) गठबन्धनको १२ भोट थियो । ९ सदस्यीय जिल्ला समन्वयन समिति एमालेको एकलौटी गठन भएको छ । प्रमुख निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले विजयी सबैलाई प्रमाणपत्र प्रदान गरे ।

प्रकाशित : श्रावण २५, २०७४ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?