सिन्धुली समन्वय समितिको अध्यक्षमा एमाले विजयी

राजकुमार कार्की

सिन्धुली — सिन्धुली जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका शंकरराज तिवारी वर्मा विजयी भएका छन् । एमाले, माओवादी केन्द्र गठबन्धनका तर्फबाट उमेद्वार बनेका वर्माले बुधबार भएको निर्वाचनमा १३ मत ल्याएर विजयी बनेका हुन् ।

सिन्धुली समन्वय समितिको अध्यक्षमा एमाले विजयी

उनका प्रतिस्पर्धी कांग्रेसका शम्भु राउतले ५ मत ल्याएका छन् । प्रमुख सहित एमाले ४ र उपप्रमुख सहित माओवादी केन्द्र ५ पदको भागवण्डा लगाएर निर्वाचनमा भाग लिएका थिए ।

उपप्रमुखमा माओवादी केन्द्रकी सम्झना अधिकारी पनि १३ मत नै ल्याएर विजयी भएकी छिन् । गठबन्धनका सबै उमेद्वार उत्ति नै मत ल्याएर विजयी भएका छन् । कुनै पनि म तबदर नभएको मुख्य निर्वाचन अधिकृत परशुराम भट्टराइले जानकारी दिए ।

एमालेका तर्फबाट विजयी हुने सदस्यहरुमा गंगा कार्की, विन्दा परियार र एैमान तामाङ रहेका छन् भने माओवादी केन्द्रबाट भगवती पुलामी, तेजबहादुर सुनुवार, अमृत वाइवा र चित्रबहादुर बुढाथोकी( सन्तोष) रहेका छन् ।

९ वटा स्थानीय तहमा कांग्रेस, एमाले र माओवादी केन्द्रले तीन,तीन तहमा विजयी भएका थिए । एक तहमा उपप्रमुख एमालेले बढि जितेका ले एमालेको ७, माओवादी केन्द्रको ६ र कांग्रेसको ५ मत रहेको थियो ।

प्रकाशित : श्रावण २५, २०७४ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?