जिल्ला समन्वय समिति रसुवामा एमाले
रसुवा — जिल्ला समन्वय समिति रसुवामा नेकपा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ ।
समन्वय समिति रसुवाको प्रमुख पदमा एमालेका उम्मेदवार कुलप्रसाद भट्ट र उपप्रमुखमा छोपेमा तामाङ निर्विरोध निर्वाचित भएका छन् ।
जिल्ला समन्वय समिति रसुवामा नेकपा एमालेको प्यानलै निर्विरोध निर्वाचित भएको छ ।
समन्वय समिति रसुवाको प्रमुख पदमा एमालेका उम्मेदवार कुलप्रसाद भट्ट र उपप्रमुखमा छोपेमा तामाङ निर्विरोध निर्वाचित भएका छन् । भट्ट नैकुण्ड गाउँपालिका ३ पारच्याङ र तामाङ गोसाइँकुण्ड गाउँपालिका ५ स्याफ्रुबाट स्थानीय तह निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका थिए । समितिको सदस्यहरुमा चित्रकुमारी भट्ट कालिका गाउँपालिका २, शारदादेवी गुरुङ नैकुण्ड गाउँपालिका ५, सुशीला तामाङ पार्वतीकुण्ड गाउँपालिका ३, तेम्पा ग्याल्बो घले गोसाइँकुण्ड गाउँपालिका ६, अर्जुनप्रसाद पौडेल कालिका गाउँपालिका ५, कृष्णप्रसाद सुवेदी उत्तरगया गाउँपालिका २, नुर्पुछिरिङ तामाङ गोसाइँकुण्ड गाउँपालिका ५ निर्विरोध निर्वाचित भएका हुन् ।
५ वटा स्थानीय तह रहेको रसुवामा जिल्ला समन्वय समितिका लागि १० जना मतदाता थिए । १० जना मतदाता मध्य ७ जना एमालेका थिए । कांग्रेसको २ र नयाँ शक्तिको १ जना मतदाता रहेका थिए । एमालेको उम्मेदवार बाहेक अरू पार्टीले जिससमा मनोनयन दर्ता गरेका थिएनन् । अरूले मनोनयन दर्ता नगरेपछि समन्वय समितिमा नौ जना एमालेको मात्रै निर्विरोध निर्वाचित भएका हुन् । निर्वाचितहरुलाई शुक्रबार मुख्य निर्वाचन अधिकृत रामराजा उप्रेतीले शपथग्रहण गराएका छन् ।