१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

बझाङ जिससमा एमाले निर्विरोध

बसन्तप्रताप सिंह

बझाङ — जिल्ला समन्वय समिति बझाङमा नेकपा एमालेको प्यानल निर्विरोध निर्वाचित भएको छ । शुक्रबार भएको मनोनयन प्रक्रियामा अन्य कुनै पनि दलको मनोनयन दर्ता नभए पछि एमालेको प्यानल निर्विरोध भएको हो ।

बझाङ जिससमा एमाले निर्विरोध

एमालेको तर्फबाट पूर्व जिल्ला कमिटीका उपाध्यक्ष खड्कबहादुर खड्का जिल्ला समन्वय समितिको संयोजक निर्वाचित भएका छन भने भागिरथी अवस्थी उप संयोजकमा निर्वाचित भएकी छन् ।

यस्तै जिल्ला समन्वय समितिको सदस्यमा महिलाबाट सरस्वती बोहरा, मेनका साउद, दलित महिलाबाट बिनिता सार्की निर्वाचित भएका छन् । दलित सदस्यमा गजेन्द्रबहादुर सार्की, तथा पुरुष सदस्यमा जन्मेजय जोशी, डबलबहादुर बोगटी र पदम धामी निर्वाचित भएका छन् ।

निर्विरोध निर्वाचित भएका जिल्ला समन्वय समितिका पदाधिकारीहरुलाई शुक्रबार नै शपथ ग्रहण गराइएको छ । मुख्य निर्वाचन अधिकृत पुर्णप्रशाद बास्तोलाले जिससका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।

नव निर्वाचित पदाधिकारीहरुले शुक्रबार नै पद बहाली गरेका छन् । पदबहाली पछि प्रतिक्रिया दिँदै जिल्ला समन्वय समितिका संयोजक खडकबहादुर खड्काले जिल्लाको विकासका लागि आफूलाई प्राप्त भएको भूमिका प्रभावकारी ढंगले निर्वाह गर्ने बताए ।

उनले भने, ‘५ वर्ष भित्र जिल्लाको समग्र विकासको योजनालाई मूर्तरुप दिनका लागि स्थानिय सरकारहरु र माथिल्लो निकायसँग प्रभावकारी समन्वय गरिने छ । बझाङको पिछडिएको जिल्लाको परिचय बदल्नका लागी जिल्ला समन्वय समितिले खेल्नु पर्ने भुमिकामा कुनै कमी हुने छैन ।’

प्रकाशित : श्रावण २७, २०७४ १७:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?