१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

लाइभ अपडेट: प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता जारी

काठमाडौं — प्रदेश २ का १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता जारी छ ।

प्रदेश २ का आठ जिल्लाभित्रका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचन भने असोज २ गते हुँदैछ ।

लाइभ अपडेट: प्रदेश नम्बर २ मा उम्मेदवारी दर्ता जारी

प्रदेश २ का १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि उम्मेदवारी दर्ता जारी छ ।

प्रदेश २ का आठ जिल्लाभित्रका १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा उम्मेदवारी दर्ता भइरहेको छ । निर्वाचन भने असोज २ गते हुँदैछ । ती सबै तहबाट गरी ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चुनिने छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरमले ती सबै तहमा आफ्ना उम्मेदवार तय गरिसकेका छन् ।

यसअघि, पहिलो चरणमा वैशाख ३१ मा प्रदेश ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ र दोस्रो चरणमा असार १४ गते प्रदेश १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित भई जिम्मेवारी सम्हालिसकेका छन् ।

सहिद परिवारबाट स्वतन्त्र उम्मेदवारी
सप्तरी संवाददाता अवधेशकुमार झाका अनुसार हनुमानगर कंकालिनी नगरपालिकाको वडा सदस्य पदका लागि सहिद परिवारका सदस्यले उम्मेदवारी दिएका छन् । दुई वर्षअघि सप्तरीको भारदहमा प्रहरीको गोली लागेर मृत्युवरण गरेका रामकृष्ण राउतका भाइ धर्मपाल राउतले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । मधेसवादी दलले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

जनकपुरमा सबै स्थानीय तहमा उम्मेदवारी दर्ता भएको छ । राप्रपा र स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरिसकेका छन् । अन्य ठूला दललाई पालैपालो उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।

चन्द्रपुरमा एमालेका २ उम्मेदवार

स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रक्रिया अन्तर्गत प्रदेश नं २ मा बुधबार मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ ।

बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता प्रक्रिया अपरान्ह ५ बजेसम्म सञ्चालन रहने मुख्य निर्वाचन अधिकृतको कार्यालय गौरले जनाएको छ ।

कार्यालयले संवाददाता पवन यादवलाई दिएको जानकारी अनुसार, बिहान १० देखि १२ बजेसम्म स्वतन्त्र उम्मेदवार तथा समय न तोकिएका मधेसी दलका अधिकारिक उम्मेदवार, मध्यान्ह १२ देखि अढाई बजेसम्म माओवादी केन्द्र, अढाईदेखी ४ बजेसम्म कांगेस, ४ देखि ५ बजेसम्म एमाले र तोकिएको समय सीमा भित्र कार्यालय प्रवेश गरिसकेका सबै उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने समय सीमा निर्धारण गरिएको छ ।

तोकिएको समय सीमा अनुसार अहिले जिल्लाका १८ स्थानमा खोलिएको निर्वाचन अधिकृतको कार्यालययमा १६ वटा नगरपालिका र २ वटा गाउँपालिकाको प्रमुख तथा उपप्रमुख सहित वडाध्यक्ष, सदस्य पदको लागी स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराउन थालेका छन ।

यहाका सबै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन आउनेको लाम लागेको छ । मनोनयन दर्ता गराउने क्रममा अप्रिय घटना हुन नदिन तथा निर्वाचन अधिकृत कार्यालयको सुराक्षार्थ ठुलो संख्यामा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय वरिपरि तथा अगाडिको सडकमा खटिएका सुरक्षाकर्मीले चेकजाच कडा बनाएका छन । उम्मेदवार र निर्वाचनसंग सम्बन्धित कर्मचारी, संचारकर्मी बाहेकका मानिसलाई आवतजावत गर्न नदिन समेत कडाई गरिएको छ ।

चन्द्रपुर नगरपालिकाको एमाले उम्मेदवारीमा विवाद चन्द्रपुर नगरपालिकाको मेयर पदको लागी एमालेको आधिकारिक उम्मेदवार आफु भएको दाबी गर्दै २ नेता अग्रसर भएका छन ।

निर्वाचन कार्यालयले मनोनयन प्रक्रिया दर्ता सुरु गरेको केही बेरमै सबै भन्दा अगाडि एमालेको आफु आधिकारिक उम्मेदवार भएको दाबी गर्दै पार्टीका टिकट वितरण समितीको संयोजक सत्यनारायण मण्डलले सिफारिस गरेको पत्र सहित मनोनयन दर्ता गराउन उद्धव प्रसाद रेग्मी पुगेका छन ।

‘केन्द्र आयोग जहाबाट सोधे हुन्छ,’ उनले भने, ‘म नै पार्टीको आधिकारिक उम्मेदवार हुँ ।’ अरुको बारेमा केही जान्दिन । केन्द्रिय अध्यक्ष तथा निर्वाचन आयोगले समेत मलाई नै आधिकारिक उम्मेदवार मानेको उनले दाबी गरे ।

अर्को तिर एमालेकै अर्का नेता बाबुराम दाहालले एमालेको पार्टीको आधिकारिक सिफारिस सहित तोकिएको समयमा मनोनयनपत्र दर्ता गराउन तयारी थालेका छन् ।
मेयरको लागि पार्टीले आफुलाई आधिकारिक सिफारिस सहित उम्मेदवार बनाएको र त्यही अनुसार उम्मेदवारी दर्ता गराउने तयारीमा जुटेको उनले बताए ।

‘आफु नै एमालेको आधिकारिक उम्मेदवार हुँ,’ उनले भने, ‘रेग्मी आधिकारिक उम्मेदवार होईनन् ।’ कसरी उनले आधिकारिक सिफारिसपत्र पाए आफुलाई कुनै जानकारी नभएको र आफु नै पार्टीको आधिकारिक उम्मेदवार भएको उनले बताए ।

निर्वाचन अधिकृतको कार्यालय चन्द्रपुरका प्रमुख निर्वाचन अधिकृत कमलराज भण्डारीले एमालेको आधिकारिक उम्मेदवारमा विवाद रहेकाले छिनोफानो नहुन्जेलसम्मको लागि रेग्मीले दिएको मनोनयन पत्र दर्ता नगरी राखिएको बताए ।

‘यसको छिनोफानो निर्वाचन आयोगले गर्छ,’ उनले भने, ‘विवाद आएकोले केही समयको लागि दर्ता नगरी राखेका छौं ।’ निर्वाचन आयोगसँग विवाद समाधान गर्न जानकारी गराइएको उनले बताए ।

प्रकाशित : भाद्र २१, २०७४ १२:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?