कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

केन्द्रीय नेताको दौडधुप

धनुषा — चुनावका लागि प्रदेश नम्बर २ मा केन्द्रीय नेताहरूको लर्को लागेको छ । नेताहरू जनकपुर उपमहानगरपालिकासहित १८ वटै स्थानीय तहको चुनावी प्रचारमा सहभागी हुन आएका हुन् ।

सोमबार पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र कांग्रेस नेता विमलेन्द्र निधि प्रचारप्रसारमा व्यस्त थिए । नयाँ शक्ति नेपालको अवधारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले पुरानै व्यक्ति लाज पचाएर मत माग्न आइरहेको बताए । ‘त्यस्तालाई पहिचान गरी स्वच्छ व्यक्तिलाई मत दिन आग्रह गर्छु,’ उनले भने । संघीय समाजवादी फोरमका अध्यक्ष यादव पनि कार्यकर्ता भेटघाटमा व्यस्त छन् ।

उनले मधेसमा विकास र अधिकार चाहिएको बताए । ‘पछौटेपनको अवस्थामा बाँच्न बाध्य मधेसी विकासको पर्खाइमा छन्,’ उनले भने । कांग्रेस नेता विमलेन्द्र निधिले आफ्नो पार्टीका उम्मेदवार विजय भए जनकपुर उपमहानगरपालिकालाई महानगरमा परिणत गरिने आश्वासन दिए । तेस्रो चरणको निर्वाचन नजिकिँदै जाँदा धनुषामा राजनीतिक दलको प्रचारप्रसार अबेर रातिसम्म हुन थालेको छ । उम्मेदवारी दर्ता गराएर घरदैलो सुरु गरेका उम्मेदवार प्रचारमै छन् । प्रचण्ड गर्मीमा कार्यकर्तासहित घरघर पुगेर उम्मेदवारले मत माग्दै छन् ।

प्रकाशित : भाद्र २७, २०७४ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?