धनुषाको कमला नगरपालिकामा कांग्रेस विजयी

श्यामसुन्दर शशि

धनुषा — धनुषाको कमला नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामउद्गार गोइत विजय भएका छन् । गोइतले ४ हजार २० मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका पशुपति यादवलाई हराएका हुन् । यादवले २ हजार ६ सय ९६ मत मात्र ल्याउन सफल भए ।

धनुषाको कमला नगरपालिकामा कांग्रेस विजयी

त्यस्तै उममेयरमा कांग्रेसकै शीलादेवी मण्डल विजय भएकी छन् । मण्डलले ४ हजार एक सय ६ मत ल्याइन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय फोरमकी रीतासिंह मण्डल थिइन् । सिंहले २ हजार ६ सय १ मात्र मत पाएकी थिइन् ।

प्रकाशित : आश्विन ६, २०७४ २१:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?