कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जितपुर सिमरामा एमाले जित नजिक, महागढीमाईमा काँग्रेसको अग्रता कायमै

लक्ष्मी साह

बारा — जिल्लाको २ उपमहानगरपालिकामा एमालेले अग्रता लिइरहेको छ । पछिल्लो मत परिणाम अनुसार जितपुर सिमरामा एमालेका मेयर उम्मेदवार डा.कृष्ण पौडेल, उपमेयरमा सरस्वती चौधरीले क्रमश : १३ हजार ६ सय २२ र १३ हजार १ सय ६७ मत ल्याएर अग्रस्थामा छन् ।

यहाँको मतगणना अन्तिम चरणमा पुगिसेको छ । त्यसैले दुबै जित नजिक पुगेका हुन् । २४ वटा वडामध्ये २० वटा वडाको गणनाले उनीहरुले अग्रता लिएका हुन् । 

एमालेलाई काँग्रेसको मेयर उम्मेदवार कृष्णब्रत सिंह र उपमेयरको उम्मेदवार नारायणी रायमाझीले पछ्याएका हुन् । सिंहले ११ हजार ३४ र रायमाझीले ११ हजार ५ सय ५४ मतले पछ्याएका छन् । दोस्रो स्थानमा प्रतिस्पर्धा गर्दै आएका माओवादीका राजन पौडेल तेस्रो प्रतिस्पर्धी बन्न पुगेका छन् । २० वटा वडाको टुंगो लाग्दा एमाले ५, काँग्रेस ३, राजपा २ र माओवादीले सबभन्दा बढी १० वटा वडामा कब्जा जमाइसक्दा एमालेका डा. पौडेलको लोकप्रियताले मत बढी हासिल भइरहेको त्यस क्षेत्रका बुद्धिजिवीहरुको ठम्याइ छ । 

अग्रस्थानमा रहेका डा. एमाले उम्मेदवार यसैगरी कलैया उपमहानगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । पछिल्लो मत परिणाम अनुसार एमालेको मेयर उम्मेदवार विनोद साहले ५ हजार ५ सय ५४, उपमेयर उम्मेदवार प्रतिमा यादवले ५ हजार २ सय ७५ मत लिएर अग्र स्थानमा छन् । उनीहरुको प्रतिस्पर्धामा काँग्रेसका मेयर उम्मेदवार राजेश यादव र उपमेयर उम्मेदवार रहिमा खातुन छन् । यादवले ५ हजार ३ सय ७३ र खातुनले ५ हजार ६५ मत प्राप्त गरी प्रतिस्पर्धा गरिरहेका छन् । 

सुरुमा अग्र स्थामा रहेका संघीय समाजवादी फोरमका प्रमोद गुप्ता तेस्रो स्थानमा प्रतिस्पर्धा गरिरहेका छन् । विनोद दोस्रो हुँदा प्रमोद पहिलो स्थानमा थिए । प्रमोद तेस्रो हुँदा राजेश दोस्रो प्रतिस्पर्धी बन्न पुगेका हुन् । कलैयाको १२ वटा वडाको अन्तिम नतिजा आइसकेको र १५ वटा अझै बाँकी रहेको छ । पाँच नगरपालिका मध्ये ३ वटाको अन्तिम नतिजा आइसकेको र बाँकी कोल्हवीमा एमाले र महागढीमाई नगरपालिकामा काँग्रेसले आ–आफ्नो अग्रता कायम राखेको छ । 

प्रकाशित : आश्विन ७, २०७४ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?