कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सप्तरीको हनुमाननगर कंकालिनीमा राजपा विजय

राजविराज — सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी(राजपा) नेपालका शैलेशकुमार साह बिजयी भएका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनीमा राजपा विजय

मेयरमा विजयी साहले पाँच हजार ७ सय २० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका वीरेन्द्र माझीले ४ हजार ३ सय ६५ मत पाए । 

यस्तै उपमेयरमा राजपाकी सरितादेवी यादवले ५ हजार ४ सय १७ मत प्राप्त गर्दै विजय भइन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय फोरमकी सियावतीदेबी यादबले ४ हजार १ सय ४९ मत प्राप्त गरिन् । यो समेत राजपा नेपालले सप्तरीका कांग्रेस र संघीय समाजवादी फोरमसरह ४ स्थानीय तहको प्रमुख, उपप्रमुखमा जित हासिल गरेको छ । 

प्रकाशित : आश्विन ७, २०७४ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?