२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

जितपुर सिमरा उपमहानगरमा एमाले, महागढीमाईमा कांग्रेस विजयी

लक्ष्मी साह

बारा — जिल्लाको जितपुर सिमरा उपमहानगरमा एमालेले विजयी हासिल गरेको छ । अन्तिम मत परिणाम अनुसार मेयरमा कृष्ण पौडेल १४ हजार ८ सय ६८ मत र उपमेयरमा सरस्वती चौधरीले १४ हजार ४ सय ५९ मत ल्याएर विजयी भएका हुन् । निकटम प्रतिस्पर्धी कांग्रेसका कृष्णब्रत सिंह १२ हजार ४३ र नारायणी रायमाझीले १२ हजार ४ सय ६५ मत प्राप्त गरे ।

जितपुर सिमरा उपमहानगरमा एमाले, महागढीमाईमा कांग्रेस विजयी

यसै गरी महागढीमाई नगरपालिकामा कांग्रेसका उपेन्द्र यादव मेयर र उपमेयरमा तारादेवी कानु विजयी भएका छन् । निर्वाचन अधिकृत खडानन्द गौतमका अनुसार यादवले ५ हजार ७ सय ६५ र कानुले ५ हजार ३ सय ७५ मत ल्याएर विजयी भएका हुन् । निकटम प्रतिस्पर्धी संघीय फोरम समाजवादी फोरमका मेयर उम्मेदवार शारदाशंकर जयसवाल ५ हजार २ सय १५ मत र उपमेयरमा माओवादी केन्द्रकी उपमेयर ममता साहले ४ हजार ७ सय ७५ मत प्राप्त गरे । 

प्रकाशित : आश्विन ८, २०७४ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?