कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

राजविराजको मतगणना पुनः सुरु

राजविराज — दुई दिनदेखि अवरुद्ध सप्तरीको राजविराज नगरपालिकाको मतगणना आइतबार अपराह्नदेखि पुनः सुरु भएको छ ।

राजविराजको मतगणना पुनः सुरु

निर्वाचन कार्यालय र राजनीतिक दलका प्रतिनिधिबीच भएको छलफलपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

शुक्रबार निर्वाचन कार्यालयले राजविराज नगरपालिका–१ को मत परिणाम सार्वजनिक गरेका बेला मत परिणाम कम भएको जनाउँदै विभिन्न राजनीतिक दलका प्रतिनिधिले विरोध गरेपछि सूचना टाँस गरी मतगणना स्थगन गरिएको थियो ।

प्रकाशित : आश्विन ८, २०७४ १४:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?