बारागढी गापा अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा संघीय फोरम

कान्तिपुर संवाददाता

कलैया — बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ ।

बारागढी गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्षमा जित हात पारेको छ भने उपाध्यक्षमा संघीय समाजवादी फोरमले जितेको छ।

कांग्रेसका देवदत्त बछाडले दुई हजार ६१८ मत प्राप्त गरी विजयी भएका छ भने उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका अशोक जैसवालले दुई हजार ५५५ मत प्राप्त गरेका थिए।

Yamaha

उपाध्यक्षमा संघीय समाजवादी फोरम नेपालकी लक्ष्मी रायले दुई हजार हजार ५८० मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्द्रवतीदेवी चौधरीले दुई हजार ४५४ मत प्राप्त गरेकी थिइन्।

छवटा वडा रहेको बारागढीमा कांग्रेसले दुई, संघीय समाजवादीले दुई र नेकपा (एमाले) ले पनि दुईवटा वडामा जित हात पारेको छ।

Esewa Pasal

प्रकाशित : आश्विन १०, २०७४ १३:२२
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अनुगमन गर्नेलाई कारबाहीको अधिकार नहुँदा कालोबजारी गर्नेले उन्मुक्ति पाउँछन् : मन्त्री मण्डल

देवनारायण साह

मोरङ — आपुर्तिमन्त्री शिवकुमार मण्डलले अनुगमन गर्नेलाई कारबाहीको अधिकार नहुँदा कालोबजारी गर्नेले उन्मुक्ति पाउने गरेको बताएका छन् ।

प्रेस सेन्टर मोरङले मंगलबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा मन्त्री मण्डलले अनुगमन गर्ने क्रममा कालोबजारी समात्नेलाई कारबाही गर्ने कानुनको अभावमा दोषीमाथि कारबाही हुन नसकिरहेको बताएका हुन् । ‘५ वर्षमा १७ हजार पटक बजार अनुगमन भएको छ तर कारबाही गर्ने अधिकार अनुगमन गर्ने निकायलाई नभएकोले कारबाही भएको तथ्यांक भेट्दैन,’ उनले भने, ‘अहिले पनि देशभरि नै दैनिक उपभोग्य सामग्रीलगायत पेट्रोलियम पदार्थमा मिसाबट रहेको छ तर कानुन अभावमा कारबाही नहुँदा ब्यापक मिसाबट र कालोबजारी दिन प्रतिदिन फष्टाउँदै गएको छ ।’ 

कालोबजारी गर्नेलाई कारबाही गर्ने अधिकार स्थानीय प्रशासनको रहेको र उनले आफ्नो मन्त्रालयलाई कालोबजारी गर्ने पसललाई ९० दिन बन्द गर्ने अधिकार मात्रै रहेको उनले प्रस्ट पारे । ‘दबाबका बीच कानुनी प्रक्रियामा अहिले काठमाडौंस्थित दरबारमार्गको पसलहरुको सटर खोलिएको छ तर पसलेहरुलाई अहिलेसम्म गरेको कालोबजारीको सजाय भोग्ने र अब उपरान्त त्यस्तो कार्य नगर्ने भनी कागज गराएर मात्रै सटर खोलिएको छ,’ उनले भने, ‘अहिले कानुन मन्त्रालयमा अनुगमन गर्ने स्थानमा नै कारबाही गर्नेलगायत अधिकार भए कानुन निमार्णको मस्यौदा भइरहेको र त्यो कानुन आइसकेपछि कुनै मिसावट गर्ने र कालोबजारी गर्नेले उन्मुक्ति पाउँदैन ।’ 

अहिले प्रविधि, प्राविधिक र कानुनको अभावमा अनुगमन भएपनि दोषी उन्मुक्ति पाइरहेको उनले सुनाए । बजार अनुगमनमा राजस्व विभागले सहयोग नगरेकोले नै अनुगमन प्रभावकारी नभएको उनको गुनासो छ ।

आयल निगमका महाप्रबन्धक गोपाल खड्कालाई अहिले पदबाट मात्रै मुक्त गरिएको छ, उनलाई आर्थिक अनियमितताबाट मुक्ती नपाएको मन्त्री मण्डल बताउँछन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अदालतले खड्कालाई कारबाही गर्नेमा आफू ढुक्क रहेको बताए ।
 
उनले सात वटै प्रदेशमा ९० दिन पेट्रोलियम पदार्थको स्टोर गर्ने योजना खडकाको विवादले सुस्त भएकोले अब निर्वाचन आयोगको सहमति त्यसलाई तीव्रता दिने बताए । 

उनले फरक प्रसंगमा विराटनगरलाई १ नम्बर प्रदेशको राजधानी बन्न नदिन कार्यवाहक प्रधानमन्त्री एवं नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छदार र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले षड्यन्त्र गरिरहेको बताए । उनले सत्ताधारी पार्टी र प्रमुख प्रतिपक्षका दलका अध्यक्षले १ नम्बर प्रदेशको राजधानी इटहरीलाई बनाउने भन्न थालेकोले विराटनगरवासीलाई पनि एक भएर पहल थाल्न आवश्यक भएको सुनाए ।

भोगौलिक, प्रशासनिक निकायलगायतको संरचनागत हिसाबले पनि १ नम्बर प्रदेशको राजधानी बनाउन विराटनगरको विकल्प नभएको उनी बताउँछन् । 
मन्त्री मण्डलले प्रतिनिधिसभा निर्वाचनमा आफूले मोरङको क्षेत्र नम्बर ५ बाट लड्ने तयारी थालेको बताए । 

प्रकाशित : आश्विन १०, २०७४ १३:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT