यही असोज २ गते भएको स्थानीय तहको निर्वाचनबाट कलैया उपमहानगरपालिका प्रमुखमा १८७ मत अन्तरले नेपाली कांग्रेसका उम्मेदवार राजेशप्रसाद यादव विजयी भएका छन् ।
माटोले लिपेको, खर र टायलले छाएका घरले भरिएको झुरुप्प बस्ती । गाउँ ब्लक जग्गामा बसेको यो बस्तीमा पुग्दा बालबालिका यत्रतत्र दौडिरहेका थिए । महिला र युवा झुम्मिएर भलाकुसारी गरिरहेका थिए । बस्तीमा खुसीको सीमै थिएन ।
जनकपुर उपमहानगरपालिकाको नाममा ‘धाम’ थपिने भएको छ । नवनिर्वाचित पदाधिकारीको सोमबार बसेको पहिलो बैठकले ‘जनकपुरधाम उपमहानगरपालिका’ नामकरणको निर्णय गरेको हो ।
जिल्लाका १७ वटा स्थानीय तहमध्ये माओवादी केन्द्रले सबैभन्दा बढीमा जित हासिल गरेको छ । आइतबार सम्पन्न मतपरिणामअनुसार पार्टीले चार नगरपालिका र दुई गाउँपालिकाको नेतृत्व पक्का गरेको छ ।
जनकपुर उपमहानगरपालिकाका दुवै मुख्य पद राजपाको पोल्टामा गएको छ । प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले हराउँदै लालकिशोर साह मेयर चुनिए । उपप्रमुखमा पनि सोही पार्टीकी रीता झा निर्वाचित भएकी छन् ।
रौतहटको गरुडा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार इनु राय यादव विजयी भएका छन् । यो समेत गरेर उसले ४ वटा मेयरमा विजयी हासिल गरेको छ ।
रौतहटको कटहरिया नगरपालिकामा मेयर/उपमेयमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन । शहरी विकास मन्त्री प्रभु साहका पूर्व स्वकिय सचिव समेत रहेका सीयारामप्रसाद कुशवाहाले रौतहटका उद्योगपति नेपाली कांग्रेसका उम्मेदवार अजयप्रकास साहलाई ५ सय ५१ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
तत्कालीन महामन्त्री स्वर्गीय महेन्द्रनारायण निधिको स्वर्णिम इतिहास बोकेको मिथिला नगरी जनकपुरधाम सांगठनिक रुपले नेपाली कांग्रेसको गढ मानिए पनि विभिन्न समयमा भएका निर्वाचनको परिणाम भने कांग्रेसको लागि सुखद् रहेको छैन ।
जिल्लाको जितपुर सिमरा उपमहानगरमा एमालेले विजयी हासिल गरेको छ । अन्तिम मत परिणाम अनुसार मेयरमा कृष्ण पौडेल १४ हजार ८ सय ६८ मत र उपमेयरमा सरस्वती चौधरीले १४ हजार ४ सय ५९ मत ल्याएर विजयी भएका हुन् । निकटम प्रतिस्पर्धी कांग्रेसका कृष्णब्रत सिंह १२ हजार ४३ र नारायणी रायमाझीले १२ हजार ४ सय ६५ मत प्राप्त गरे ।
१ सय ३६ स्थानीय तह रहेको प्रदेश २ मा मतगणना सुस्त भएकाले चुनाव सकिएको छैटौं दिन शनिबार साँझसम्म बल्ल १ सय १३ स्थानीय तहको मात्र परिणाम आएको छ । असोज २ गते भएको निर्वाचनको सम्पूर्ण परिणाम ५ दिनभित्र आइसक्ने निर्वाचन आयोगले बताएको थियो ।